Madhes Khabar
समाचार

कांग्रेस पर्साका पूर्वसभापति अमात्यलाई हर्ट अट्याक भएपछि मेडिकल कलेजमा भर्ना

वीरगन्ज,४भदाैं:नेपाली कांग्रेस पर्साका पूर्वसभापति एंव संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्यलाइ हृद्यघात (हर्ट अट्याक) भएपछि उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

वीरगन्ज-६ स्थित घरमै भएका बेला बिहीबार दिउँसो नेता अमात्यलाई अचानक हृदयघात भएपछि तत्कालै मेडिकल कलेजमा लगिएको हाे।

आइसियुमा भर्ना गरिएका उनकाे अवस्था खतरामुक्त रहेकाे अस्पताल श्राेतले जनाएको छ।उनलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौंकाे मेडिसिटी अस्पताल लैजाने तयारी भइरहेको छ ।

अमात्य २०७४ सालकाे दाेस्राे संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।

Related posts

वीरगन्जबाट काठमाडौंमा एम्बुलेन्समा लागुऔषध तस्करी गरेर करोडपति, पर्साका पनि दुई जना संलग्न

MadhesKhabar

सिरहा र झापामा गोली चल्यो

MadhesKhabar

भारतको मुम्बईबाट रौतहटका ६ जना बालकको उद्धार

MadhesKhabar

Leave a Comment