Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जमा अन्तर विद्यालय लाेकनृत्य प्रतियाेगिता आयाेजना हुदैं

वीरगन्ज,७कार्तिक:वीरगन्जमा अन्तर विद्यालय लाेकनृत्य प्रतियाेगिता आयाेजना हुने भएको छ।निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) वीरगन्जले कार्तिक ९ गते अन्तर विद्यालय लोकनृत्य प्रतियोगिताको आयोजना गर्न लागेको हाे ।

बुधबार वीरगन्जको आदर्शनगरस्थित लिटिल एञ्जल स्कुलमा पत्रकार सम्मेलनको आयोजना गरेर आयाेजकले कार्तिक ९ गते वीरगन्जको नगरसभागृहमा लोकनृत्य प्रतियोगिताको आयोजना गर्न लागिएको बारे जानकारी गराएको हो ।

उक्त प्रतियोगितामा वीरगन्जका विभिन्न २३ वटा विद्यालयका विद्यार्थीले भाग लिने प्याब्सन वीरगन्जका अध्यक्ष आलाेक चाैरसियाले जानकारी दिए।

मधेसका लाेकसंस्कृति,पहिरन र बाजगाजाकाे जगेर्ना र संरक्षण गर्दै सबै जातजातिबिचकाे सदभावलाई अझ मजबुत बनमउनुका साथै यसबारे बालबालिकालाईपनि जानकारी गराउने उदेश्यले लाेकनृत्य प्रतियोगिता आयाेजना गर्न लागिएको अध्यक्ष चाैरसियाले पत्रकार सम्मेलनमा बताए ।

उनका अनुसार प्रतियोगिताको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गर्नेछन् ।

Related posts

वीरगन्जमा हिन्दु स्वयंसेवक संघले मनायो गुरुदक्षिणा उत्सव

MadhesKhabar

१० दिने पैदल अयाेध्या यात्रामा निस्किएका वीरगन्जका युवाहरुलाई मेयर सिंहले गरे विदाई

MadhesKhabar

गौ हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न मधेसी आयोगको माग

MadhesKhabar

Leave a Comment