Madhes Khabar
धर्म/संस्कृति

समाज कल्याणका लागि पर्साकाे सथवलमा विष्णु महायज्ञ आयाेजना

वीरगन्ज ,११जेष्ठ : पर्साकाे सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर १ सथवलमा सुरु श्री विष्णु महायज्ञ एंव सथवल मन्दिरमा श्री लक्ष्मीनारायण राधाकृष्ण भगवानकाे प्राणप्रतिष्ठानका लागि बिहिवार कलश यात्रा निकालिएको छ ।

धार्मिक स्थल काेइलाभार मन्दिरकाे जलाशयबाट जल भरेर सुरु कलश यात्रा विभिन्न गाँउकाे परिक्रमापछि महायज्ञस्थल सथवल मन्दिरमा पुगेर समापन भएकाे थियाे । कलश यात्रामा सयाैंकाे संख्यामा महिला, युवती, किशोरी , बालिका तथा पुरुषहरुकाे सहभागीता थियाे ।

समाजकाे कल्याण, मानवता, दया, प्रेम , सदभाव, दया, प्रेम , सत्यज्ञान सबैमा भगवानले प्रदान गरून् भन्ने कामनाका लागि श्री १०८ विष्णु महायज्ञकाे आयाेजना गरिएको महन्थ लक्ष्मण दास त्यागीले बताए ।

 

जेष्ठ २० गतेसम्म चल्ने उक्त महायज्ञमा प्रवचनका साथै रामलिला, भजन किर्तन र दर्शनार्थी एंव भक्तजनहरुकाे मनाेरञ्जनका लागि मनाेरञ्जनात्मक खेलतमासाहरु पनि व्यवस्था गरिएकाे महन्थ लक्ष्मण दास त्यागीले बताए ।

Related posts

आज हिन्दु धर्मावलम्बीले निर्जला एकादशी मनाउँदै

MadhesKhabar

बाराको इटियाहीमा पूर्वमन्त्री सोनलले गरे शिव मन्दिरको शिलान्यास

MadhesKhabar

गाै हत्याकाे विराेध गर्दा काठमाडौंमा १५ हिन्दुवादी नेताहरु पक्राउ

MadhesKhabar

Leave a Comment