Madhes Khabar
धर्म/संस्कृति

समाज कल्याणका लागि पर्साकाे सथवलमा विष्णु महायज्ञ आयाेजना

वीरगन्ज ,११जेष्ठ : पर्साकाे सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर १ सथवलमा सुरु श्री विष्णु महायज्ञ एंव सथवल मन्दिरमा श्री लक्ष्मीनारायण राधाकृष्ण भगवानकाे प्राणप्रतिष्ठानका लागि बिहिवार कलश यात्रा निकालिएको छ ।

धार्मिक स्थल काेइलाभार मन्दिरकाे जलाशयबाट जल भरेर सुरु कलश यात्रा विभिन्न गाँउकाे परिक्रमापछि महायज्ञस्थल सथवल मन्दिरमा पुगेर समापन भएकाे थियाे । कलश यात्रामा सयाैंकाे संख्यामा महिला, युवती, किशोरी , बालिका तथा पुरुषहरुकाे सहभागीता थियाे ।

समाजकाे कल्याण, मानवता, दया, प्रेम , सदभाव, दया, प्रेम , सत्यज्ञान सबैमा भगवानले प्रदान गरून् भन्ने कामनाका लागि श्री १०८ विष्णु महायज्ञकाे आयाेजना गरिएको महन्थ लक्ष्मण दास त्यागीले बताए ।

 

जेष्ठ २० गतेसम्म चल्ने उक्त महायज्ञमा प्रवचनका साथै रामलिला, भजन किर्तन र दर्शनार्थी एंव भक्तजनहरुकाे मनाेरञ्जनका लागि मनाेरञ्जनात्मक खेलतमासाहरु पनि व्यवस्था गरिएकाे महन्थ लक्ष्मण दास त्यागीले बताए ।

Related posts

हिन्दु स्वयंसेवक संघद्धारा वीरगन्जको पन्चमुखी हनुमान मन्दिरमा सामुहिक हनुमान चालिसा पाठ

MadhesKhabar

ठोरीमा पनि मनाइयो राम–सीता विवाह महोत्सव

MadhesKhabar

वीरगन्जसहित मधेसभर छठको तयारी सुरु,बजारमा किनमेल गर्नेहरुकाे चहलपहल

MadhesKhabar

Leave a Comment