Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जमापनि सिख समुदायले मनाए “गुरु गोविन्द सिंह”को जन्म जयन्ती

वीरगन्ज,३माघ: वीरगन्जमापनि सिख समुदायले दशाैं गुरु “गुरु गोविन्द सिंह” को जन्म जयन्ती मनाएका छन् ।

एक महान् योद्धा, कवि, भक्त र आध्यात्मिक नेताका रूपमा परिचित गुरु गोविन्द सिंह ११ नोभेम्बर १६७५ मा आफ्नो बुबा गुरु तेघबहादुरको मृत्यु पछि सिखहरूको दशाैं गुरु बनेका थिए । उनलाई सिखहरूले आफ्नो दशाैं गुरुका रूपमा पुज्ने गर्दछन् ।

वीरगन्जमा रहेका सिख समुदायलेपनि बुधबार उनको जन्म जयन्ती मनाएका हुन् । गुरु गोविन्द सिंहको जन्म जयन्तीको अवसरमा सिख समुदायका सदस्यहरूले बुधबार बिहानै प्रभातफरि निकालेका थिए । नगर परिक्रमा गर्दै प्रभातफेरि गुरु नानक सत्संघ गुरुद्वारामा पुगेर टुङ्गिएको थियो ।प्रभातफेरिमा सहभागीहरूले विभिन्न धार्मिक गीतहरू गाउँदै गुरु गोविन्द सिंहलाई सम्झेका थिए । गुरुद्वारा पुगेको र्‍यालीले विभिन्न पूजा गर्दै गुरु गोविन्द सिंहले प्रदान गरेको ज्ञान र उपदेशलाई सम्झेको थियो ।

गुरु गाेबिन्तेद सिंहका पिता श्री तेग बहादुरजी महाराज सिख समुदायकाे नवाैं गुरु थिए । औरंगजेब तथा उसका सेनाहरुले जब कश्मीरी पंडितहरुलाई बलपूर्वक इस्लाम धर्स्वीम कार गर्नको लागि मजबुर गरि जोरजबर्जस्त गरेका थिए, तब श्री गुरु तेग बहादुर जी महाराजले त्ससको कड़ा विरोध गरि आफ्नो शीरको बलिदान दिएर हिंदु धर्म तथा हिंदुहरुको रक्षा गरेका थिए ।नले इस्लाम धर्म स्वीकार गर्न न माने पछि, श्री गुरु तेग बहादुरजी महाराजलाई भारत दिल्लीको चांदनी चौकमा औरंगजेबद्वारा विभिन्न यातनाहरु दिएर अंतमा सिर काट्न लगाएर शहिद बनाईएको थियो । यस घटना पछि उनका सुपुत्र श्री गुरु गोबिंद सिंहजी महाराजलाई सिख पंथको  दशाैं गुरुको रुपमा नियुक्त गरिएको थियो ।गोबिंद रायजी ९ वर्षकै उमेरमा अर्थात ११ नाेभेम्बर १६७५ का दिन गुरु बनेक थिए।गुरु गोविन्दलाई बाल्यकालमा गोविन्द राय भनिन्थ्यो ।

 

Related posts

गढीमाईमा विशेष पूजाका लागि ५ सय रुपैयाँ शुल्क

MadhesKhabar

भोजपुरी प्रतीष्ठानद्वारा भोजपुरी भाषाका तीन पुस्तक विमोचित

MadhesKhabar

गौ हत्या गर्नेलाई कारबाही नगरेको भन्दै वीरगन्जमा गृहमन्त्री विरुद्ध प्रदर्शन, ५ जना पक्राउ

MadhesKhabar

Leave a Comment