Madhes Khabar
अन्तर्राष्ट्रिय धर्म/संस्कृति

लड्डुमा जनावरकाे बाेसाे भेटिएको प्रकरण: महायज्ञ गरेर तिरुपति मन्दिरकाे गरियाे शुद्धीकरण

काठमाडौं,८असाेज:भारतकाे आन्ध्र प्रदेशस्थित तिरुपति मन्दिरको प्रसाद लड्डुमा जनावरको बोसो भेटिएपछि मन्दिरको शुद्धिकरण गरिएको छ। भगवानको प्रसादमा जनावरको बोसोले मन्दिर नै अशुद्ध भएको भन्दै सोमबार महायज्ञ गरेर शुद्धिकरण गरिएको हो।

आन्ध्र प्रदेशको विश्व प्रसिद्ध वेङ्कटेश्वर स्वामी मन्दिर (तिरुपति मन्दीर) को शुद्धिका लागि साेमबार बिहान ६ बजेदेखि १० बजेसम्म महायज्ञ गरिएको थियो। जसमा मन्दिर बोर्डका अधिकारी र २० पुजारी सहभागी थिए।

शुद्धिकरण पछि मन्दिरका पुजारीले भगवानको आशिर्वाद लिँदै मन्दिर शुद्धिकरण गरेको हुँदा अब प्रसाद लिएर घर जान सकिने बताएका थिए।

गत सेप्टेम्बर ११ मा आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले आरोप लगाउँदै मन्दिरको प्रसाद लड्डुमा जनावरको बोसो पाइएको बताएका थिए। जसको जाँचका लागि समिति गठन भएको छ।

Related posts

९ दिने श्री विष्णु महायज्ञको लागि वीरगन्जमा निकालियाे भव्य कलश यात्रा

MadhesKhabar

उदाँउदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ

MadhesKhabar

धर्म संस्कृतिको संरक्षण नै हाम्रो पहिचान हो : मेयर सिंह

MadhesKhabar

Leave a Comment