Madhes Khabar
धर्म/संस्कृति

धनुषामा सतपाल महाराजका समर्थकहरु र स्थानीयबासीबीच झड्प, दर्जनौं घाइते

जनकपुर,२६ पुसःधनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजको सुग्जोरमा रहेको सतपाल महाराजको सतलोक आश्रममा रहेका अनुयायी र स्थानीयबीच झड्प भएको छ । झडपका क्रममा दुवैतर्फका एक दर्जन व्यक्ति घाइते भएको धनुषा प्रहरीले जनाएको छ ।

सतलोक आश्रमले वरिपरिको ऐलानी जग्गा हड्पेको भन्दै शनिबार जग्गा नापजाँच गर्ने समय तोकिएको थियो । त्यही क्रममा सतपालका अनुयायी र स्थानीयबीच झड्प भएको हो ।

जग्गा खाली गराउन गएका स्थानीय र आश्रमका व्यक्तिहरुबीच विवाद बढेपछि जनकपुर–ढल्केवर सडक खण्डको महेन्द्रनगर औरही पुलमा सडक अवरुद्व गर्दै नाराबाजी गरिरहेका छन् । आश्रमका अनुयायीहरुले स्थानीयलाई लखेट्दै कुटपिट गरेपछि स्थानीयको समूह एकजुट भई आएर दुईतर्फी झडप भएको हो ।

घाइतेलाई उपचारका लागि जानकी मेडिकल र प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ ।साभारःइकान्तिपुर

Related posts

रुंगटा वेल फेयर सोसाइटीले यसवर्षपनि छठ पूजा गर्ने महिलाहरुलाई बाँड्यो साडी

MadhesKhabar

वीरगन्जको सुगौलीविर्तामा गाईको बाच्छा काटेर खानेलाई कारबाही गर्न स्थानीयले प्रहरीमा दिए उजुरी

MadhesKhabar

भोलिको “सदभाव रयाली” मा अनिवार्य सहभागी हुन कर्मचारीहरुलाई वीरगन्ज महानगरको निर्देशन

MadhesKhabar

Leave a Comment