Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्य आजपनि तोलामा ८०० रुपैयाँले बढ्यो

काठमाडौं,७कार्तिकःनेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (मंगलबार)को तुलनामा आज (बुधबार) छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ ।

यससँगै आज छापावाल सुनको मूल्य तोलाको १ लाख ६६ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन मूल्य हालसम्मकै उच्च हो । यसअघि हिजो (मंगलबार) सुनको मूल्य तोलाको १ लाख ६५ हजार ९ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलामा २ हजार १ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर २ हजार १ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

Related posts

एकैदिन तोलामा २ हजार ३०० रूपैयाँ बढ्यो सुनको भाउ

MadhesKhabar

वीरगन्ज नाकाबाट ट्यांकरमै पेट्रोलको तस्करी

MadhesKhabar

डिजेल र पेट्रोलकाे भाउ घट्याे

MadhesKhabar

Leave a Comment