Madhes Khabar
शिक्षा

कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित

काठमाडौं,४कार्तिकःराष्ट्रिय परीक्षा बोर्डले यसवर्षको कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित गरेको छ । गत भदौ २५ र २६ गते भएको परीक्षाको नतिजा बोर्डले आइतबार सार्वजनिक गरेको हो ।

प्रकाशित नतिजा अनुसार ७०.६० प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् ।मौका परीक्षमा १ लाख २२ हजार १७१ जना सहभागी भएकामा ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएको उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

परीक्षामा दुई जनाको नतिजा रद्द गर्नुका साथै तीन जनाको परीक्षा स्थगित भएको थियो । सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहनेले १५ दिनभित्र आवेदन दिनसक्ने बोर्डले जनाएको छ ।

 

Related posts

पन्नालालमा छात्रवृति बाड्दै वडाध्यक्ष कानुले भने : पढाईमा सुधार नल्याए शिक्षकलाई कारबाही हुन्छ

MadhesKhabar

शिक्षकहरूसंगको ९ बुँदे सहमति साउनदेखि लागू हुन्छ : शिक्षामन्त्री पन्त

MadhesKhabar

वीरगन्जमा सानो पाइलाको वक्तृत्वकला प्रतियोगिता सम्पन्न , श्रेया श्रेष्ठ प्रथम

MadhesKhabar

Leave a Comment