Madhes Khabar
धर्म/संस्कृति

घडीअर्वा पोखरीमा हुने छठ पूजा व्यवस्थापनका लागि तयारी सुरु, विभिन्न उपसमितिहरु गठन


फाइल तस्बिर ।

वीरगन्ज,१९असोजःआगामी कात्तिक २२ गते परेको यसवर्षको छठ पूजालाई विगतको भन्दा अझ भव्य र सम्भय बनाउनका लागि वीरगन्जको घडीअर्वा पूजा छठ पूजा व्यवस्थापन समितिले अहिलेदेखि नै तयारी सुरु गरेको छ ।

त्यसैक्रममा शनिबार बसेको समितिको बैठकले घडीअर्वा पोखरी छठघाटमा हुने छठ पूजाको आयोजन र व्यवस्थापनका बारेमा छलफल गर्दै विभिन्न उपसमितिहरुपनि गठन गरेको छ ।

बैठकले मनोहर साहको संयोजकत्वमा सुरक्षा प्रबन्ध उपसमिति, मनोज कुमार साह कानुको संयोजकत्वमा पुरस्कार व्यवस्थापन उपसमिति, शम्भु साह कानुको संयोजकत्वमा सरसफाई व्यवस्थापन उपसमिति र क्रान्ति शाहको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरेको समितिका सचिव लखनलाल गुप्ताले जानकारी दिए ।सुरक्षा व्यवस्थापन समितिको सदस्यमा सन्तोष साह कानु लगायत र प्रचार–प्रसार उपसमितिको सदस्यमा प्रणय साह, राहुल गुप्ता र सौरभ साह रहेका छन् ।

घडीअर्वा पूजा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दिलिप साह कानुको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष राकेश साह,सचिव लखनलाल गुप्ता, कोषाध्यक्ष कन्हैया गुप्ता,सहकोषध्यक्ष सन्जय कुमार,सदस्यहरु राजाबाबु गुप्ता,नन्दु साह ,सुदामा बर्णवाल,राजेश सिंह,प्रदीपकुमार गुप्ता, समितिका पूर्वअध्यक्ष मदन कलवार लगायतकोपनि सहभागीता थियो ।

 

फाइल तस्बिर ।

Related posts

आज छठकाे मुख्य दिन :सुर्य भगवान् र छठी मैयालाई अर्घ दिएर हर्षाेल्लासका साथ मनाइदैं

MadhesKhabar

राम जन्माेत्सवकाे उपलक्ष्यमा वीरगन्जको रामजानकी मन्दिरमा भाेलिदेखि २४ घण्टे अष्टयाम एंव धार्मिक अनुष्ठान

MadhesKhabar

विश्वप्रसीद्ध पञ्चवर्षीय गढीमाई मेलाका लागि मेयर यादवको अध्यक्षतामा मूल समिति गठन

MadhesKhabar

Leave a Comment