Madhes Khabar
खेलकुद

महिला टी-२० विश्वकप: भारत न्युजिल्यान्डसंग पराजित

वीरगन्ज,१९असाेज:महिला टी-२० विश्वकप क्रिकेटमा शुक्रबार न्युजिल्यान्डले भारतलाई ५८ रनले हराएको छ।

दुबईको दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा न्युजिल्यान्डले भारतलाई ५८ रनले हराएको हाे।

१६१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको भारत १९ ओभरमा अलआउट हुदैं १०२ रनमै समेटियाे।भारतका लागि कप्तान हरमनप्रीत कौरले सर्वाधिक १५ रन बनाएकी थिइन्।

बलिङतर्फ न्युजिल्यान्डका लागि रोजमेरी मेयरले सर्वाधिक ४ विकेट लिइन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले कप्तान सोफी डिभिनले ५७ रनको सहयोगमा ४ विकेट गुमाएर १६० रन बनाएको थियो।

बलिङतर्फ भारतका लागि रेणुका सिंहले २, अरुन्धती रेड्डी र शोभना आशाले १/१ विकेट लिए।

Related posts

विश्वकप क्रिकेटमा भारतकाे विजयी सुरुवात,अष्ट्रेलियामाथि ६ विकेटकाे सानदार जित

MadhesKhabar

लखनउमाथि दिल्लीकाे सहज जित

MadhesKhabar

मैत्रीपूर्ण क्रिकेट म्याचमा चिकित्सक संघ नारायणीको सानदार जित

MadhesKhabar

Leave a Comment