Madhes Khabar
खेलकुद

मैत्रीपूर्ण क्रिकेट म्याचमा चिकित्सक संघ नारायणीको सानदार जित

वीरगन्ज,९चैतः वीरगन्जमा शनिबार भएको मैत्रीपूर्ण क्रिकेट म्याचमा नेपाल चिकित्सक संघ नारायणी विजयी भएको छ । ज्ञानदा एकेडेमीको खेलमैदानमा भएको मैत्रीपूर्ण म्याचमा क्वेष्ट फर्मास्युटिकल्सलाई ६० रनको फराकिलो अन्तरले हराउँदै नेपाल चिकित्सक संघ नारायणीले सानदार जित हात पारेको हो ।

१६४ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको क्वेष्ट फर्मास्युटिकल्स १०३ रनमै अलआउट भयो । त्त्यसअघि पहिलो ब्याटिङ गरेको नेपाल चिकित्सक संघ नारायणीको टोलीले १५ ओभरमा १६३ रन बनाएको थियो।

उक्त खेलमा ३६ रन बनाउनुका साथै २ विकेटसमेत लिएका चिकित्सक संघका डा. दिलीप चौरसिया ‘म्यान अफ द म्याच’ घोषित भए।

नेपाल चिकित्सक संघका पूर्व महासचिव डा. उदय नारायण सिंहले चिकित्सा पेशामा सक्रिय चिकित्सकहरू खेलकुदमा पनि सहभागी हुँदा शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने भएकाले यस्ता कार्यक्रमहरू निरन्तर हुनु पर्ने आवश्यकता रहेको बताए। क्रिकेट म्याचको आयोजना क्वष्ेट फर्मास्युटिकल्सले गरेको थियो ।

Related posts

भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो एकदिवसीय शृंखला

MadhesKhabar

नामिबियासंग फेरि हार्याे नेपाल

MadhesKhabar

गु्ल्शन झाको विस्फोटक व्याटिङ, २० बलमै हाने अर्धशतक

MadhesKhabar

Leave a Comment