Madhes Khabar
अर्थतन्‍त्र

भारत सरकारको अनुदानमा नेपालमा थप दुई पेट्रोलियम पाइपलाइन बन्ने निश्चित

काठमाडौं,१७ असोज :भारत सरकारको अनुदान सहयोगमा नेपालमा थप दुई पेट्रोलियम पाइपलाइन बन्ने भएको छ ।बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६२ किलोमिटर र भारतको सिलिगुडीदेखि झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना बन्ने निश्चित भएको हो । यस्तै चितवनको लोथरमा ९१ हजार ९ सय किलोलिटर र झापाको आरआलीमा १८ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ग ग्रिनफिल्ड टर्मिनलपनि भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका निर्देशक सेन्थल कुमार बीच पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण सम्बन्धी सम्झौता भएको हो ।बीटूबी फ्रेमवर्क एग्रिमेन्ट भारत सरकारका पेट्रोलिमय तथा नेचुरल ग्यास सचिव पंकज जैन र इन्डियन आयल कर्पोरेसनका अध्यक्ष सतिस कुमारको उपस्थितिमा बिहीबार सम्झौता भएको हो । यी परियोजनाहरूको कुल लागत १५ अर्ब रुपैयाँ अनुदान रहने निगमले जनाएको छ ।

यसअघि यो परियोजनामा भारतले अनुदान लगानी गर्ने वा ऋण भन्ने टुंगो नलाग्दा लामो समयसम्म सम्झौता हुन सकेको थिएन् ।पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा अघिल्लो वर्ष नेपाल र भारतीका प्रधानमन्त्री बीच अनुदानमा यी पाइपलाइन बनाउने बारे छलफल भएको थियो ।

यसअघि नेपाल र भारतबीच अन्तर देशीय पहिलो पेट्रोलियम पाइपलाइन मोतिहारी–अमलेखगञ्ज भदौ २०७६ मा उद्घाटन भई सञ्चालनमा छ । यो पाइपलाइनको लम्बाइ ६९.१ किलोमिटर छ ।साभारः अनलाइनखबर

Related posts

इन्धनमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता लिन वीरगन्ज उद्योग वाणिज्य संघको माग

MadhesKhabar

रक्सौलमा अवरोधपछि वीरगन्जकाे ड्राइपाेर्ट नाकाबाट कोइला भित्रिन थाल्यो

MadhesKhabar

नयाँ वर्षको स्वागतमा वीरगन्जमा तीन दिन “रात्री बजार” लाग्दै , नाका २४ सै घण्टा खुल्ला रहने

MadhesKhabar

Leave a Comment