Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जमा सुरु भयो दशहरा मेला (तस्बीरमा हेर्नुहोस् )

वीरगन्ज,१७असोजः घटस्थापनाकै दिनदेखि वीरगन्जमा दशहरा(दसै) मेला सुरु भएको छ। वीरगन्जमा दशैंको नवरात्र सुरु भएकै दिनदेखि दशहरा मेला लाग्ने गरेको छ। नवमीका दिनसम्म लाग्ने मेलामा पसलेहरुले सडकमै पसल थाप्ने गरेका छन्।

गहवामाई र विर्ता मन्दिरमा पूजापाठ गर्न आउने भक्तजनहरुले दशहरा मेलामा किनमेल गर्छन्। फूलपातिका दिन गहवामाइ मन्दिरमा महिला भक्तजनहरूले खोइच भर्ने गर्दछन्। मेलामा पर्सा, बारा, रौतहट, सर्लाही जिल्लाका साथै छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी र भक्तजनहरू आउने गरेका छन् ।

बडा दसैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँएको छ। घटस्थापनाका दिन पूजा कोठामा घडामा जलभरि माथिपटि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ। यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ। कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ।

तस्बिरमा हेर्नुहोस् वीरगन्जको दशहरा मेला…

Related posts

महानगरले फोहोर थुपारेपछि टेलिकमले थाल्यो सडक र फुटपाथ मर्मतको काम

MadhesKhabar

वीरगन्ज महानगरले एक वर्षमा उठायो ६१ करोड ४७ लाख राजश्व

MadhesKhabar

वीरगन्जमा भानु जयन्ति : भानुभक्तको शालीकमा मेयर सिंहले गरे माल्यार्पण,स्रष्टाहरु सम्मानित

MadhesKhabar

Leave a Comment