Madhes Khabar
कृषि हेडलाइन

बाढी र डुबानबाट मधेसमा ५ अर्ब बढीकाे धानबाली नष्ट

फाइल तस्बिर ।

वीरगन्ज,१६असाेज:अघिल्लो हप्ता अविरल वर्षाले निम्त्याएको बाढी र डुबानबाट मधेस प्रदेशमा मात्रै ५ अर्ब बढीको धानबाली नष्ट भएको छ।मधेसका आठवटै जिल्लाबाट प्राप्त प्रारम्भिक विवरण अनुसार ४२ हजार ६९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा असर पर्दा ५ अर्ब ४ करोड ८३ लाख रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ।

सबैभन्दा बढी रौतहटमा १० हजार २४३ हेक्टरमा लगाइएको धानबाली प्रभावित भएको छ भने सप्तरीमा ९ हजार ३६७, सर्लाही ६ हजार ५८५, बारामा ६ हजार ४७२, महोत्तरी ४ हजार २५९, धनुषा ७०० र सिराहामा १५८ हेक्टर जमिनको धानबालीमा क्षति पुगेको छ।

यस्तैगरी मधेसमा ४ हजार ३९३ हेक्टर जमिनमा लगाइएको तरकारी नष्ट हुँदा १ करोड ३२ लाख, २२ हेक्टरको फलफूलमा क्षति हुँदा ४४ लाख र ८५ हेक्टरको उखुमा क्षति पुग्दा ३ करोड ४० लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको छ।

बाढी र डूबानका कारण १४ हजार २०५ वटा पशुपन्छी मर्दा ७६ लाख बराबरको क्षति भएको छ भने ४५८ हेक्टरमा गरिएको मत्स्यपालनमा २३ करोड बढीको क्षति भएको छ। अन्य विवरण आउन बाँकी छ।

मधेस प्रदेशमा बाढी र डुबानले धानबाली, तरकारी, फलफूल, उखु खेतीसँगै माछा पोखरी, पोल्ट्री फार्ममा क्षति पुगेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. सरोज चौधरीले जानकारी दिए।

Related posts

पटेर्वा सुगौली गाँउपालिकाकी उपाध्यक्ष महत्तो देशभरिमै उत्कृष्ट ‘सि लिड्स आइकन’ले सम्मानित

MadhesKhabar

बालक निरजकाे अपहरण र हत्या उनलाई पढाउने शिक्षकले नै गरेकाे खुलाशा

MadhesKhabar

ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

MadhesKhabar

Leave a Comment