Madhes Khabar
स्थानिय हेडलाइन

रानीघाट पुलबाट सरिसवा नदीमा हाम फालेकी बालिकाको अवस्था अझै अज्ञात

वीरगन्ज,१४असोजःवीरगन्जको रानीघाट पुलबाट सरिसवा नदीमा हाम फालेपछि बाढीले बगाएर बेपत्ता बनाएकी बालिकाको अवस्था अझै अज्ञात छ ।

वीरगन्जको रानीघाटबाट रामगढवाजाने सडकको रानीघाट पुलबाट आइतबार बिहान सवा ९ बजे अन्दाजी १५÷१६ वर्षकी बालिकाले नदीमा हाम फालेपछि उनलाई बाढीले बेपत्ता बनाएकोमा आज (सोमबार) बिहानसम्मपनि उनको अवस्था अज्ञात छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले उक्त घटनाभएलगत्तै घटनास्थलमा डुंगासहितको टोली पुगेर खोजी कार्य गरिरहेको भएपनि सोमबार बिहानसम्मपनि ती बालिकाको अवस्था अज्ञात नै रहेको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।

आइतबार बेलुकीसम्म डुंगाको सहायकताले सररिसवा नदीको बाढी तथा दाँया बाँया दुवै तिरका झाडी र बाँसघारीमा खोज्दापनि फेला नपरेको भन्दै उनले सोमबारबिहान देखिपनि सशस्त्र प्रहरीले सम्भावित क्षेत्रमा खोजी गरिरहेको बताए ।

नदीमा हाम फालेकी बालिकालाई नदीको बाढीले बगाएर भारत रक्सौलतिर पुर्याएको हुनसक्ने आशंकामा सीमावर्ती भारतीय सुरक्षाकर्मीसंगपनि समन्वय गरिरहेको प्रहरी नायब उपरीक्षक भारतीले जनकारी दिए ।

नदी हाम फालेकी बालिका बाराको प्रसौनी गाँउपालिका वडा नम्बर २ खुटुवा प्रसौनीकी राधिका कुमारी दास रहेको बताइएपनि जिवितै वा शव नभेटिएम्म उनको पहिचान पुष्टि गर्न नसकिने भारतीले बताए ।

 

Related posts

सामाजिक र धार्मिक सदभाव कायम राख्न चौतर्फी अपिलपछि सामान्य बन्दै वीरगन्जको अवस्था

MadhesKhabar

वीरगन्जमा हैजाको महामारी नियन्त्रणमा जुटे तीनै तहका सरकार

MadhesKhabar

नेपाललाई सुरुआती झट्का, वेस्ट इन्डिजविरुद्ध ४.५ ओभरमै ३ विकेट आउट

MadhesKhabar

Leave a Comment