Madhes Khabar
स्थानिय

रानीघाट पुलबाट सरिसवा नदीमा हाम फालेकी बालिकाको पहिचान खुल्यो ,तर अवस्था अझै अज्ञात

वीरगन्ज,१३असोजः वीरगन्जको रानीघाट पुलबाट आइतबार बिहान सरिसवा नदीमा हाम फालेर बेपत्ता भएकी बालिकाको पहिचान खुलेको छ ।

आइतबार बिहान सवा ९ बजेतिर वीरगन्जको रानिघाट र रामगढवा जोड्ने सडकखण्डमा रहेको रानीघाट पुलबाट सरिसवा नदीमा अन्दाजी १६ वर्षकी बालिकाले फालेकी थिइन् । नदीको भेलले बगाएर बेपत्ता भएकी ती बालिकाको अवस्था अझैसम्म अज्ञात नै छ ।

ती बालिका बाराको प्रसौनी गाँउपालिका वडा नम्बर २ खुटवा प्रसौनीका विनोद दासकी छोरी राधिका दास रहेको प्रत्यक्षदर्शीले बताएका छन् । तर पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले भने नदीमा हाम फालेर बेपत्ता भएकी किशोरीको नाम राधिक दास रहेको प्रत्यक्षदर्शीले बताएपनि यसबारे पुष्टि हुन बाँकी नै रहेको बताए ।

उनले भने,‘ ती किशोरी बाराको खुटुवाप्रसाौनी गाँउकी राधिका दास रहेको कुरा आएको छ । तर यसबारे पुष्टि हुन अझै बाँकी छ ।हामीले भेरिफाई गरिरहेका छौं ।’

नदीमा हाम फालेर बेपत्ता भएकी ती किशोरीको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले डुंगाको मदतले खोजी गरिरहेको भएपनि अहिलेसम्म फेला पार्न भने नसकेको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए ।

Related posts

बारामा खाेलाकाे बाढीले बगाएर एक महिलाकाे मृत्यु

MadhesKhabar

वीरगन्जमा पानीको संकटले जनतामा परेको पीडामा संगै छु,समस्या समधान गरेरै छाड्छु : मन्त्री यादव

MadhesKhabar

पर्सामा दुखद घटना: ऋषिपञ्चमी नुहाउन आमासंगै गएका दुई बालककाे नदीमा डुबेर मृत्यु

MadhesKhabar

Leave a Comment