Madhes Khabar
स्थानिय

बारामा खाेलाकाे बाढीले बगाएर एक महिलाकाे मृत्यु

सांकेतिक तस्बिर ।

बारा,१८असार:बाराको निजगढ नगरपालिकामा गोठालो गएकी एक महिलाको बाढीले बगाएर मृत्यु भएको छ। गाईंभैसी चराउन जंगल गएकी निजगढ नगरपालिका वडा नम्बर १३ बेसीगाउँकी वर्ष ४० कि माईलीमाया वाईवाको शव आइतबार गाउँकै भक्तलाल खोलाको बगरमा फेला परेको बताइएको छ।

गोठालोबाट घर फर्किने क्रममा वाईवालाई खोलाको बाढीले बगाएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए।

वाईवाको शव आइतवार निजगढ– १२ स्थित बुङ्ग्जोर नजिकै खोला बगरमा फेला परेको थियो । शनिबारदेखि सम्पर्कविहिन बनेकी वाईवाको शव स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।साभार:नयाँपत्रिकाबाट

Related posts

ठोरीमा खानेपानी मन्त्री कलवारको भाषण : ठोरीवासीका सबै समस्या मधेस सरकारले समाधान गर्छ

MadhesKhabar

पाेखरियामा कानु समाज नेपालकाे नगर कार्य समिति गठन

MadhesKhabar

सखुवा प्रसौनीका अध्यक्ष यादवले खोलाबाट नियन्त्रणमा लिए बालुवासहितको ट्याक्टर

MadhesKhabar

Leave a Comment