Madhes Khabar
स्थानिय

बारामा खाेलाकाे बाढीले बगाएर एक महिलाकाे मृत्यु

सांकेतिक तस्बिर ।

बारा,१८असार:बाराको निजगढ नगरपालिकामा गोठालो गएकी एक महिलाको बाढीले बगाएर मृत्यु भएको छ। गाईंभैसी चराउन जंगल गएकी निजगढ नगरपालिका वडा नम्बर १३ बेसीगाउँकी वर्ष ४० कि माईलीमाया वाईवाको शव आइतबार गाउँकै भक्तलाल खोलाको बगरमा फेला परेको बताइएको छ।

गोठालोबाट घर फर्किने क्रममा वाईवालाई खोलाको बाढीले बगाएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए।

वाईवाको शव आइतवार निजगढ– १२ स्थित बुङ्ग्जोर नजिकै खोला बगरमा फेला परेको थियो । शनिबारदेखि सम्पर्कविहिन बनेकी वाईवाको शव स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।साभार:नयाँपत्रिकाबाट

Related posts

गणतन्त्र दिवसमा वीरगन्ज कारागारबाट १९ कैदी रिहा

MadhesKhabar

नवनियुक्त उद्योगमन्त्री रिजाल बैशाख ३ गते गृहजिल्ला आउँदै

MadhesKhabar

ठोरीमा भुस्याहा कुकुरको टोकाइबाट एक युवकको मृत्यु

MadhesKhabar

Leave a Comment