Madhes Khabar
शिक्षा

त्रिजुद्ध माविका ८६ जना बालबालिकालाई साहिब साहिब दरबार वीरगन्जले बाँड्यो स्कूल ब्याग

वीरगन्ज,१०असोजःवीरगन्जको त्रिजुद्ध माध्यमिक विद्यालयको बालविकास कक्षमा अध्ययनरत बालबालिकाहरुलाई साहिब दरबारले स्कूल ब्याग वितरण गरेको छ ।

साहिब दरबारको ५ औँ वार्षिकोत्सवको अवसरमा साहिब दरबार वीरगन्जले बिहीबार बालविकास कक्षामा अध्यन्नरत ८६ जना बालबालिकाहरुलाई स्कूल ब्याग वितरण गरेको हो । विद्यालयमै आयोजित कार्यक्रममा साहिब दरबार सिवान भारतका संस्थापक पूज्य सरकारजी महाराजले बालबालिकाहरुलार्य स्कूल ब्याग बाँडे ।

कार्यक्रममा साहिब दरबार वीरगञ्जका संरक्षक एवं वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले शिक्षा क्षेत्रको आमूल परिवर्तनका लागि वीरगन्ज महानगरपालिकाले विभिन्न निकायको सहयोगमा काम गर्दै आएको बताए ।वरिगन्जको शैक्षिक क्षेत्रमा एक शताब्दी भन्दा बढी समयदेखि त्रिजुद्ध माविले खेलेको भुमिकाको सबैले उच्च मूल्यांकन गर्नुपर्ने बताउदै उनले दरबार हाई स्कूलपछि देशकै दोश्रो विद्यालयको रुपमा त्रिजुद्ध मावि रहेको दाबी गरे ।

विद्यालयका प्रधानाध्यापक नविनकुमार मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा भारतको सिवानबाट आएका साधुहरु, वीरगन्जका समाजसेवी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Related posts

अनुशासन र अध्ययनमा अब्बल बन्दै रोयल एकेडेमीका विधार्थीहरु

MadhesKhabar

गर्मीले विद्यार्थीहरु बेहोस हुन थालेपछि कलैया उपमहानगरका विद्यालयहरु ३ दिनका लागि बन्द

MadhesKhabar

सखुवाप्रसौनीको दलित विधालयमा दुई कोठे भवनको शिलान्यास

MadhesKhabar

Leave a Comment