Madhes Khabar
अर्थतन्‍त्र

सुनकाे मूल्य फेरि बढ्याे, बनायाे नयाँ रेकर्ड

काठमाडौं,६असाेज:नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।आज  आइतबार सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि भदौ ३१ गते सुनको मूल्यले प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँको रेकर्ड बनाएको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९१५ रुपैयाँ रहेको चाँदी यस दिन १९२० रुपैयाँ कायम भएको छ ।

Related posts

मधेस सरकारले ल्यायाे ४४ अर्बको बजेट

MadhesKhabar

खाद्य स्वच्छताको आधारमा वीरगन्जका होेटलहरुको स्तर वर्गिाकरणको काम सुरु

MadhesKhabar

आगामी आर्थिक वर्ष २०७९/ ८० का लागि करिब १८ खर्बको बजेट सार्वजनिक

MadhesKhabar

Leave a Comment