Madhes Khabar
अर्थतन्‍त्र

सुनकाे मूल्य फेरि बढ्याे, बनायाे नयाँ रेकर्ड

काठमाडौं,६असाेज:नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।आज  आइतबार सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि भदौ ३१ गते सुनको मूल्यले प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँको रेकर्ड बनाएको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९१५ रुपैयाँ रहेको चाँदी यस दिन १९२० रुपैयाँ कायम भएको छ ।

Related posts

६ महिनामा वीरगन्ज भन्सार नाकाबाट १४ अर्ब ८५ कराेडकाे नेपाली उत्पादन विदेश निर्यात

MadhesKhabar

फेरि बढ्यो सुनको मूल्य, तोलाको १ लाख ३६ हजार ५ सय रुपैयाँ

MadhesKhabar

नेपाली युवा उद्यमी मन्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा राकेस साह

MadhesKhabar

Leave a Comment