Madhes Khabar
समाज

वीरगन्जमा फर्मास्युटिकल एसोसियसन र फार्मा क्लबको कार्यक्रममा ३७ जनाले गरे रक्तदान

वीरगन्ज,५असोजःवीरगन्जमा शनिबार नेपाल फर्मास्युटिकल एसोसियसन मधेस प्रदेश र फार्मा क्लब वीरगन्जले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३७ जनाले रगत दान गरेका छन् ।

वीरगन्जको श्रीपुरस्थित मधेस विश्वविद्यालयको प्रांगणमा आयोजित उक्त रक्तदान कार्यक्रममा ६ महिलासहित ३७ जनाले रगदान गरेका हुन् । रगत दान गर्नेहरुमा प्रियंका झा,पुष्पा कुमारी,सुनिता कुमारी ठाकुर,सत्या यादव,खुश्बु नेसा खातुन,ओम जयसवार,ओमकार रेग्मी, आाजाद अन्सारी लगायतका रहेको रक्त सञ्चार वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

रक्तदान कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्य,रजिष्टार विजय यादव, नेपाल फर्मास्युटिकल एसोसियसन मधेस प्रदेशका अध्यक्ष शशीकान्त ठाकुर,फार्मा क्लब वीरगन्जका अध्यक्ष निरज कुमार गिरी लगायतकोपनि उपस्थिती रहेको एसोसियन मधेस प्रदेशका कोषाध्यक्ष आशुतोष चौरसियाले जानकारी दिए ।

Related posts

पढाइपछि जागीर खोजेनन्, सीपमै आत्मनिर्भर बने : पर्साको धोरेका दीपकको प्रेरणादायी कथा……

MadhesKhabar

उपकार सेवा नेपालद्वारा पोखरियाका स्वास्थ्य संस्थाहरुमा १० थान पंखा सहयोग

MadhesKhabar

हत्या गरी फरार अभियुक्त पक्राउ !

MadhesKhabar

Leave a Comment