Madhes Khabar
स्थानिय

रेल्वे माविको व्यवस्थापन समिति बिघटन गर्ने वीरगन्ज महानगरको निर्णय उच्च अदालतबाट सदर

वीरगन्ज,४असोजःवीरगन्जको नेपाल रेल्वे माद्यमिक विद्यालयको व्यवस्थापन समिति खारेज गर्ने वीरगन्ज महानगरपालिकाको निर्णय उच्च अदालतले सदर गरेको छ ।

महानगरले नियम विपरित व्यवस्थापन समिति खारेज गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय बाबु रौनियार, सदस्य राजनबाबु रौनियार समेतले अन्तरिम आदेश पाउँ भन्दै दायर गरेको रिट उच्च अदालत वीरगन्जले खारेज गर्दै अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो ।

उच्च अदालतका न्यायधीशद्वय दुर्गा बहादुर विश्वकर्मा र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले महानगरपालिकाले नियम संगत नै व्यवस्थापन समिति खारेज गरेको ठहर गर्दै अन्तरिम आदेश दिइरहनु नपर्ने आदेश गरेको हो ।वीरगन्ज महानगरपालिकाले विद्यालय व्यवस्थापन समिति अध्यक्ष रौनियार सहितले विद्यालयको व्यवस्थापन सही ढंगले गर्न नसकेको, समितिको कार्य सन्तोष जनक नभएको भन्दै गत असार २ गते समिति विघटन गरेको थियो ।

नगर शिक्षा समितिको बैशाख १७ गतेको निर्णय अनुसार समितिलाई सफाईको मौका दिँदा समेत चित्तबुझ्दो सफाई नदिएपछि असार २ गते वीरगन्ज महानगरपालिकाले समिति विघटन भएको थियो । समितिका अध्यक्ष विजयबाबु रौनियारले महानगरले गरेको निर्णयको विरुद्धमा भदौ २३ गते उच्च अदालत वीरगंजमा निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश पाउँ भन्दै मुद्धा दायर गरेका थिए ।
निवेदक रौनियारको तर्फबाट अधिवक्ता विनय कुमार मल्लिक, राकेश कुमार मल्लिक र विनोद कुमार मल्लिकले बहस गरेका थिए भने महानगरको तर्फबाट अधिवक्ता कमलमोहन पोखरेल, प्रमोद प्रसाद साह र विरेन्द्र प्रसाद यादवले बहस गरेको महानगरका कानुन अधिकृत इश्वर बरालले जानकारी दिए ।

 

Related posts

जेनजी आन्दोलनमा भीमफेदी जेलबाट भागेका कैदी अमजत मियाँ २२ दिनपछि वीरगन्जबाट पक्राउ

MadhesKhabar

वीरगन्ज ५ मा एक हप्ते योग शिविर सुरु

MadhesKhabar

वीरगन्जको प्रतिमा चोकमा अतिक्रमण हटाएर अधुराे हुलाकी सडक निर्माणको काम सुरु

MadhesKhabar

Leave a Comment