Madhes Khabar
राजनीति

संविधान दिवसको उपलक्ष्यमा नेविसंघले ठाकुरराम क्याम्पसमा रोप्यो विरुवा

वीरगन्ज,३ असोजः संविधान दिवसको उपलक्ष्यमा नेपाल विद्यार्थी संघ पर्साले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरेको छ । बिहीबार क्याम्पस परिसरमा विभिन्न प्रजातिका १ सय भन्दा बढी विरुवा रोपिएको हो ।बागमती प्रदेशका अर्थमन्त्री कुन्दन राज काफलेको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीको विशिष्ठ आतिथ्यतामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो ।

नेविसंघ पर्साका सभापति रमेश यादवको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस किर्तिपुरका स्वववियु सभापति श्यामराज ओझा, कांग्रेसका जिल्ला सदस्य हरिन्द्र यादव, रामनिवास यादव, महाधिवेशन प्रतिनिधी मिन्टु सिंह , मनोहर साह, दिलिपराज कार्की,मनोज साह लगायतकोपनि सहभागीता रहेको नेविसंघ पर्साका सचिव फिरोज अन्सारीले जानकारी दिए ।

Related posts

देउवालाई शेखरले भने : ०८४ पछि महाधिवेशन गर्ने सुनिन्छ,यसरी कांग्रेस चल्दैन

MadhesKhabar

प्रतिनिधि सभाको उपसभामुखमा कांग्रेसकी भुसाल निर्वाचित

MadhesKhabar

गगन थापा भन्छन् : कांग्रेस देउवाकै हस्ताक्षर लिएर चुनावमा जाँदैन

MadhesKhabar

Leave a Comment