Madhes Khabar
राजनीति

संविधान दिवसका दिन कलैयामा विरोध जुलुश निकालेर लोसपाले मनायो ‘कालो दिन’

बारा,३असोजःलोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संविधान दिवसलाई कालो दिन भन्दै बाराको कलैयामा बिहीबार विरोध प्रदर्शन गरेको छ । असोज ३ संविधान दिवसलाई कालो दिन भन्दै लोसपा बाराले कलैयामा विरोध जुलुश प्रदर्शन गरेको हो।

कलैयाको अदालत रोडस्थित पार्टी कार्यालयबाट सुरु भएको विरोध जुलुश नगर परिक्रममापिछ भरत चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । विरोधसभामा बोल्दै लोसपा बाराका अध्यक्ष नवलकिशोर सिंहले नेपालको संविधान–२०७२ मधेसी जनताको विरोध र चाहना विपरित ल्याइएकाले हरेक असोज ३ मा संविधान दिवसलाई आफनो दलले कालो दिनका रुपमा मनाउँदै आएको बताए। संविधान संशोधन मार्फत मधेसी जनताको अधिकार समावेश नगरिएसम्म लोसपाले हरेक असोज ३ गतेका दिनलाई कालो दिनका रुपमा मनाउँदै आउने उनले बताए ।

सिंहकै अध्यक्षतामा भएको विरोधसभालाई लोसपाका कलैया नगरअध्यक्ष जयप्रकाश साह, नेताहरु डाक्टर करमुल्लाह अन्सारी,मोतिलाल कुशवाहा, सन्त यादव,रामबाबु सर्राफ लगायतले पनि सम्बोधन गरेको लोसपाका युवा नेता रमेश सर्राफले जानकारी दिए।

Related posts

पर्सा १ का काँग्रेस नेता कार्यकर्ता भन्छन् : कर्ण नै हाम्रा उम्मेदवार हुन्, जसरी पनि जिताउछौं

MadhesKhabar

वीरगन्जमा सिके राउतले भने : अहिलेकाे गठबन्धनले देशलाई झन् अस्थिरतामा धकेलेकाे छ

MadhesKhabar

टिकटक बन्द हुदाँँ मौसमी राजनीति गर्ने नेताहरूमा रुवाबासी चलेको छ : सांसद यादव

MadhesKhabar

Leave a Comment