Madhes Khabar
खेलकुद

नेपालमै पहिलोपटक हुन लागेको एभरेष्ट महिला भलिबल लिगको ट्रफी वीरगन्जमा प्रदर्शन गरिने

वीरगन्ज,३असोजःनेपालमै पहिलो पटक हुन लागेको फ्रेन्चाइज एभरेष्ट महिला भलिबल लिगको रनिङ ट्रफी टुर कार्यक्रम शुक्रबार वीरगन्जमा हुने भएको छ।उक्त भलिबल लिगको ट्रफीलाई प्रचारप्रसार गर्दै, विभिन्न टिमको क्षेत्रमा घुमाउने उद्देश्यले वीरगन्जको घण्टारमा भोलि (शुक्रबार) साँझ ६ बजे एभरेष्ट महिला भलिबल लिगको रनिङ ट्रफीको प्रदर्शनी गरिने बताइएको छ ।

असोज १४ देखि १९ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने मिहला भलिबल लिगमा मधेस युनाइटेडसहित कूल ६ टिम सहभागी हुनेछन् ।मधेस युनाइटेड टिममा ३ विदेशी र ८ नेपाली गरी ११ खेलाडी समावेश छन् ।

बाँकी १ जना खेलाडीको छनौटका लागि शुक्रबार नै वीरगन्जमा मधेस युनाईटेडले ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गर्न लागेकाो बिहीबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा मधेस युनाइटेडका प्रमुख कार्यकारी अधिकृत सांज्ञा श्रेष्ठले जानकारी दिइन् । मधेस क्षेत्रका प्रतिभावान खेलाडीहरुलाई अवसर दिने उद्देश्यले वीरगन्जमा ट्यालेन्ट हन्ट कार्यक्रमको आयोजना गर्न लागेको उनले बताइन्।

बिहीबारको पत्रकार सम्मेलनमा मधेस युनाइटेड टिमका सञ्चालक रोहित अग्रवाल,अनुज रुङ्गटा,विशाल अग्रवाल,दिपेश अग्रवाल, संजय अग्रवाल र टिमका मुख्य प्रशिक्षक भरत कुमार यादव लगायतकोपनि सहभागीता थियो ।

Related posts

परवानीपुर गोल्डकप फुटबल वैशाख ५ गतेदेखि

MadhesKhabar

विश्वकप एसिया क्षेत्र छनोट फाइनलका लागि नेपाली टाेलीकाे घाेषणा, सन्दीपलेपनि खेल्ने

MadhesKhabar

उपाधि जित्नबाट चुक्याे नेपाल,बंगलादेश बन्याे च्याम्पियन

MadhesKhabar

Leave a Comment