वीरगन्ज,३०भदौं : पर्साको ग्रामीण भेगमापनि सरकारी कार्यालयका सेवा र इकाई स्थापनाको माग गर्दै धोबिनी गाँउपालिकाका स्थानीयले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
जिल्लाको ग्रामीण भेगमापनि मालपोत, भूमीसुधार,नापी,ईलाका प्रशासन कार्यालय लगायतका कार्यालयको सेवा विस्तार गर्न माग गर्दै उनिहरुले सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ती सेवा लिन सदरमुकाम वीरगन्ज नै धाउनुपर्ने बाध्यता ग्रामीण भेगका स्थानीयलाइ रहेको भन्दै उनिहरुले सदरमुकाम वीरगन्ज धाउदाँ समय र पैसा दुवै बढी खर्च हुने गरेको बताएका छन् ।यसबारेमा जिल्लाका मन्त्री,सांसद, विधायक र दलका नेताहरुलाई पटक पटक ध्यानाकर्षण गराउँदापनि कुनै सुनुवाई नभएकोले बाध्य भएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनु परेको ललन कुर्मीले बताए ।
छिमेकका जिल्ला बारा र रौतहटमा जनताको पायक पर्ने ठाँउमा सबै सेवा बिस्तार भईसकेको तर पर्सामा अझैपनि सदरमुकाम वीरगन्ज धाउनुपर्ने बाध्यता रहेको उनले बताए ।
ज्ञापनपत्र बुझदै सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले स्थानीयको माग जायज भएको भन्दै यस बिषयमा जिल्ला प्रशासन कार्यलय पर्सालेपनि पटक पटक पहल गरिरहेको बताए । तर यसपालि संघीय सरकारमा पर्साका ै ३ जना मन्त्रीहरु रहेकाले यस बिषयमा मन्त्रीहरुकोपनि ध्यानाकर्षण गराउनुपर्ने सुझाव उनले दिए ।ज्ञपानपत्र बुझाउन गएको टोलीमा अजय पटेल,वीरबहादुर कुर्मी, मेराज अहमद लगायतकोपनि सहभागीता थियो ।

