Madhes Khabar
स्थानिय

पर्साको ग्रामीण भेगमा सरकारी कार्यालयहरुको सेवा विस्तार गर्न धोबिनीका स्थानीयको माग

वीरगन्ज,३०भदौं : पर्साको ग्रामीण भेगमापनि सरकारी कार्यालयका सेवा र इकाई स्थापनाको माग गर्दै धोबिनी गाँउपालिकाका स्थानीयले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

जिल्लाको ग्रामीण भेगमापनि मालपोत, भूमीसुधार,नापी,ईलाका प्रशासन कार्यालय लगायतका कार्यालयको सेवा विस्तार गर्न माग गर्दै उनिहरुले सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ती सेवा लिन सदरमुकाम वीरगन्ज नै धाउनुपर्ने बाध्यता ग्रामीण भेगका स्थानीयलाइ रहेको भन्दै उनिहरुले सदरमुकाम वीरगन्ज धाउदाँ समय र पैसा दुवै बढी खर्च हुने गरेको बताएका छन् ।यसबारेमा जिल्लाका मन्त्री,सांसद, विधायक र दलका नेताहरुलाई पटक पटक ध्यानाकर्षण गराउँदापनि कुनै सुनुवाई नभएकोले बाध्य भएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनु परेको ललन कुर्मीले बताए ।

छिमेकका जिल्ला बारा र रौतहटमा जनताको पायक पर्ने ठाँउमा सबै सेवा बिस्तार भईसकेको तर पर्सामा अझैपनि सदरमुकाम वीरगन्ज धाउनुपर्ने बाध्यता रहेको उनले बताए ।

ज्ञापनपत्र बुझदै सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले स्थानीयको माग जायज भएको भन्दै यस बिषयमा जिल्ला प्रशासन कार्यलय पर्सालेपनि पटक पटक पहल गरिरहेको बताए । तर यसपालि संघीय सरकारमा पर्साका ै ३ जना मन्त्रीहरु रहेकाले यस बिषयमा मन्त्रीहरुकोपनि ध्यानाकर्षण गराउनुपर्ने सुझाव उनले दिए ।ज्ञपानपत्र बुझाउन गएको टोलीमा अजय पटेल,वीरबहादुर कुर्मी, मेराज अहमद लगायतकोपनि सहभागीता थियो ।

Related posts

वीरगन्जको मेनरोड विस्तार रोक्न सर्वोच्चमा दर्ता भएको नयाँ रिटमाथि आज हुने भनिएको पेसी सर्यो

MadhesKhabar

डिभिजन वन कार्यालय पर्साका प्रमुख साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

जगरनाथपुरकाे शिक्षा शाखाका चौरसिया भ्रष्टाचारका १८ वटा मुद्दामा दोषी ठहर

MadhesKhabar

Leave a Comment