Madhes Khabar
धर्म/संस्कृति

कलैयामा बाह्मण समाजको नगर अधिवेशन सम्पन्न, अध्यक्षमा राजेश तिवारी चयन

बारा, भदौं २९ गतेःबाराको कलैयामा शनिबार ब्राह्मण समाज नेपालको कलैया नगर अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न नगर अधिवेशनले राजेश तिवारीको अध्यक्षतामा ७ सदस्यि समिति सर्व सहमतिले चयन गरेको छ ।

समाजको उपाध्यक्षमा अमोद पाण्डेय, सचिवमा मुनचुन तिवारी, सहसचिवमा ब्रृजमोहन पाण्डेय, कोषाध्यक्षमा प्रमोद पाण्डेय चयन भएका छन् ।यस्तै सदस्यमा बेदप्रकाश मिश्र र कमल पाण्डे चयन भएको समाज बाराका कार्यवाहक अध्यक्ष मुक्तिनाथ तिवारीले जानकारी दिए ।

समाजका केन्द्रिय उपाध्यक्ष देवनाथ उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रिय सचिव प्रेमलाल पाण्डेय, केन्द्रिय सदस्य कार्तिकदेव पाण्डेय, नेकपा एमालेका जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेय, कलैया–२७ का वडाध्यक्ष अशोक तिवारी, रामाकान्त तिवारी, अजयकुमार तिवारी, बिनोद मिश्रा, जगरनाथ पाण्डे, रमेश तिवारी र बेदप्रकाश दुबेलगायतकाले अधिवेशनको सफलताको शुभकाामना दिएका थिए ।

अधिवेशनमा समाजका केन्द्रिय सदस्य मनमोहन पाण्डेय, चन्द्रकिशोर पाण्डेय, जिल्ला अधिवेशन तयारी समिति संयोजक अखिलेश तिवारी, गढीमाईका नगर अध्यक्ष रामायण तिवारी, कृष्णहरि नेपाल, हरेकृष्णा तिवारी, धमेन्द्र तिवारी, सुरेन्द्र पाण्डेय, केदार तिवारी, कृष्णा पाण्डेय, सुदामा तिवारी, विष्णु प्रसाद अधिकारी, तिलकप्रसाद रिमाललगायत ६५ जना बढीको सहभागिता रहेको कार्यक्रम सञ्चालक शिवशंकर मिश्राले जानकारी दिए ।

 

Related posts

तराई-मधेसका महिलाले मनाउने जिउतिया पर्व आजदेखि सुरु

MadhesKhabar

महाशिवरात्रीमा काठमाडौंको पशुपतिको जस्तै झल्को वीरगन्जमापनि (फोटो फिचर)

MadhesKhabar

वीरगन्जबाट पैदल अयाेध्या पुगेर फर्किएका युवाहरुलाई मेयर सिंहले गरे सम्मानित

MadhesKhabar

Leave a Comment