Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जबाट पैदल अयाेध्या पुगेर फर्किएका युवाहरुलाई मेयर सिंहले गरे सम्मानित

वीरगन्ज,२२माघ:वीरगन्जबाट पैदल हिडेर रामजन्मभूमी भारतकाे अयाेध्या पुगेर फर्किएका वीरगन्जका युवाहरुलाई वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले सम्मानित गरेका छन्।

राष्ट्रीय बजरंग दल पर्साका ११ जना युवाहरु पुष २६ गते वीरगन्जबाट १४ दिनकाे पैदल यात्रा गरेर माघ ८ गते अयाेध्यामा नविनिर्मित राम मन्दिरकाे प्राण प्रतिष्ठामा सहभागी भएका थिए।अयाेध्याकाे राम उत्सवमा सहभागी भएर वीरगन्ज फर्किएका तीनै युवाहरुलाई साेमबार आफ्नै कार्यकक्षमा बाेलाएर मेयर सिंहले खादा र रुद्राक्षकाे माला लगाउनुका साथै कदरपत्र प्रदान गरी सम्मानित गरेका हुन्।

मेयर सिंहले सम्मानित गरेका युवाहरुमा चन्दन वर्णवाल, सौरभ पटेल, यश सरार्फ, मुन्ना सरार्फ, कृष्णा साह, रुपक यादव,मुन्ना साह लगायतका रहेका छन् ।

मेयर सिंहले युवाहरुलाई सम्मानित गरेका बेला वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मात्रिका भट्टराई, नारायणी अस्पतालका मेसु डाक्टर चित्तरन्जन साह, वडा अध्यक्षद्व्य प्रदीप चौरसिया, जयप्रकाश अग्रवाल लगायतकाेपनि उपस्थिति रहेकाे थियाे ।

Related posts

स्वास्थ्य संस्थामा औषधीको कमी हुन नदिन मेयर सिंहको निर्देशन

MadhesKhabar

घडीअर्वा छठघाटमा यसपालि सुरक्षा व्यवस्था थप प्रभावकारी बनाइने

MadhesKhabar

छिपहरमाई गाँउपालिकामा अख्तियारकाे छापा

MadhesKhabar

Leave a Comment