
काठमाडौं,२१भदौंःसुनको भाउले नयाँ रेकर्ड बनाएको छ । गएको सोमवारदेखि भाउ घटबढ नभएको सुन आज अर्थात शुक्रबार हरितालिका तीज पर्वको दिन तोलामा १ हजार ३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ ।
सोमबार, मंगलबार, बुधबर, बिहीबार गरी लगातार चार दिन तोलाको १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको १ लाख ५३ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गएको भदौ १३ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ५३ हजार २०० रुपैयाँ पुगेको थियो ।
त्यस्तै आज चाँदीको भाउपनि तोलामा ३० रुपैयाँले बढेको छ । बिहीबार १ हजार ७६५ रुपैयाँ रहेको चाँदीको भाउ तोलाको १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

