Madhes Khabar
राजनीति

संघीय सरकारका कारण काम गर्न समस्या भएको मधेसका मुख्यमन्त्री सिंहको गुनासो

वीरगन्ज,२०भदौंःमधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीय सरकारले प्रदेशलाई पूर्ण अधिकार नदिँदा प्रदेश सरकारलाई काम गर्न कठिन भएको बताएका छन्। वीरगन्जमा बिहीबार न्यूज २४ टेलिभिजनको प्रादेशिक कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले प्रदेशलाई सशक्त र समृद्ध बनाउनका लागि अधिकार अभावको समस्या महत्वपूर्ण चुनौती बनेको बताए । यस विषयमा संघीय सरकारसँग लामो समयदेखि संवाद भइरहे पनि ठोस अधिकारहरू नआएकाले काम गर्न असहज भइरहेको उनको भनाई थियो ।

संघीय सरकारले मधेस प्रदेशलाई आवश्यक अधिकार नदिँदा काममा समस्या देखिएको बताउँदै उनले भने, “सात वर्ष बितिसक्दा पनि संघीय सरकारले प्रदेशलाई पूर्ण अधिकार दिएको छैन, तर अधिकारको अभावमा निराश नभई उपलब्ध अधिकारको सही सदुपयोग गर्दै हामी प्रदेशलाई समृद्ध बनाउन लागिरहेका छौं।“

मुख्यमन्त्री सिंहले वीरगन्ज देशकै प्रमुख आर्थिक तथा औद्योगिक नगरी भएको बताउँदै यसबाट प्रदेशले लाभ लिने गरी काम गर्नुपर्नेमा जोड दिए।प्रदेशको समृद्धिका लागि उद्योगी र व्यवसायीहरूसँग सहकार्य गरेर आर्थिक क्रान्ति सुरु गरिने र यसबाट मधेसको समृद्धि सुनिश्चित गरिने योजना पनि उनले सुनाए।

मुख्यमन्त्री सिंहले मधेस प्रदेशको विकास र समृद्धिमा मिडियाले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।उनले मधेस प्रदेशका जनताको आवाजलाई मूलधारको मिडियामा सशक्त रूपमा उठान गरी प्रदेशको हक,अधिकार र विकासका मुद्दाहरूलाई प्रभावकारी ढंगले प्रस्तुत गर्न मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए।

मुख्यमन्त्री सिंहले मधेस प्रदेश सरकारलाई मिडियामैत्री सरकारको रूपमा चित्रण गर्दै, प्रदेशले मिडिया क्षेत्रको सशक्तीकरणका लागि विभिन्न महत्वपूर्ण कदम चालेको बताए। उनले मधेस प्रदेशमा पहिलो पटक प्रदेशस्तरीय मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरण गठन भएको स्मरण गराए।

न्यूज २४ टेलिभिजनका नेपाल ब्यूरो प्रमुख राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, न्यूज २४ टेलिभिजनका प्रबन्ध निर्देशक अदिश जोशी लगायतकोपनि सहभागीता थियो।

 

Related posts

बारा २ : मतान्तर बढाउँदै उपेन्द्र यादव

MadhesKhabar

अहिलेकाे सरकारले जनताकाे आशा र भराेसा टुट्न दिदैन : मन्त्री गुप्ता

MadhesKhabar

सबै ठूला काण्डका फाइल खोलौं : कांग्रेस महामन्त्री थापा

MadhesKhabar

Leave a Comment