Madhes Khabar
राजनीति

पर्सा–४ मा लोसपाका वडाध्यक्षका प्रत्याशीसहितका दुई नेता कांग्रेस प्रवेश, रमेश रिजालले गरे स्वागत

वीरगन्ज,१८फागुनः पर्सा क्षेत्र नम्बर ४ मा पर्ने छिपहरमाई गाँउपालिका वडा नम्बर २ का तत्कादीन लोसपा र हालको जसपा नेपालका स्थानीय दुई जना नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस उम्मेदवार रमेश रिजालाई समर्थन जनाउँदै दुवै जना कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेसमा प्रवेश गर्नेहरुमा गत स्थानीय तहको निर्वाचनमा लोसपाबाट वडाध्यक्षका प्रत्याशी रहेका इजहार मियाँ तेली र बिहारी महतो केवट रहेका छन् ।

सोमबार टिहुकीमा भएको कार्यक्रममा कांग्रेस उम्मेदवार रिजालले दुवै जनालाई अबीर टीका लगाएर पार्टीमा स्वागत गरे । त्यसअवसरमा रिजालले ती दुवै नेताको कांग्रेसमा प्रवेशले आँफु थप उत्साहित बनेको बताए । उनले भने,‘ उहाँहरुको यो निर्णय केवल पार्टी परिवर्तन मात्र होइन, लोकतन्त्र, समावेशिता र विकासप्रतिको प्रतिबद्धताको अभिव्यक्ति हो। ’।

रिजालले नेपाली कांग्रेस सधैं विचार, सिद्धान्त र जनताको अधिकारको पक्षमा उभिदैं आएको दल भएको बताए ।

Related posts

कांग्रेस संस्थापन पक्षले स्थगन गर्‍यो विशेष महाधिवेशनलाई ’काउन्टर’ दिने दुवै भेला

MadhesKhabar

उच्चस्तरीय समिति नबनाए कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिनुपर्छ : प्रदीप पौडेल

MadhesKhabar

प्रदीप यादवलाई समर्थन जनाउँदै कांग्रेसका पुराना नेता यादव एमालेमा प्रवेश

MadhesKhabar

Leave a Comment