वीरगन्ज,२०भदौंः वीरगन्ज–१५ भेडियाहीस्थित घ्यु उत्पादन र बिक्री बितरण गर्दै आएको श्रीराधा बेकरी सटिङ्ग रिपैकिङ्ग उद्योगमा जिल्ला प्रशासन कार्यालयको बजार अनुगमन टोलीले छापा मारेर शील गरेको छ ।
उक्त उद्योगले गुणस्तरहीन तथा खानै नमिल्ने घ्यूको उत्पादन र बिक्री वितरण गर्दै आएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साले उजुरी हालेपछि जिल्ला प्रशासन कार्यालयबाट बुधबार सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खाद्य प्रबिधि तथा गुणस्तर नियन्त्रण कार्यालय वीरगन्ज र उपभोक्ता हित संरक्षण मञ्चसहितको संयुक्त टोलीले उक्त उद्योगमा छापा मारेको थियो
त्यसक्रममा उक्त उद्योगमा घ्यु बनाउने नाममा अखाद्य बस्तु र रसायन प्रयोग गरिएको , केक र पाउरोटीमा प्रयोग हुने बेकरी सटिङ्लाइ घ्यु भन्दै प्याकिङ्ग गरि बिक्री गरेको , नक्कली लेबल सहित अखाद्य घ्यू भेटिएको थियो । त्यसपछि अनुगमन टोलीले ती सामान र भाँडााकुडाँ नियन्त्रणमा लिदैंं उद्योगको कागजात माग्दा नदिएकोले तत्काललाई उद्योग शील गरिएको खाद्य तथा गुण नियन्त्रण कार्यालय बीरगन्जका प्रमुख सुरेश कुमार सिंहले जानकारी दिए ।उक्त घ्यु उद्योगका सञ्चालक लोकेश मित्तल रहेको र उनि हाल उनी फराार रहेको सिंहले बताए ।

