Madhes Khabar
स्थानिय

पर्साकाे भौराटारमा नि:शुल्क आँखा शिविर सम्पन्न, ५३ जनामा देखियो मोतियाबिन्दु

वीरगन्ज,१५भदौ :पर्साको बहुदरमाई नगरपालिका वडा नंवर ६ भौराटारमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।जिल्ला प्रहरी कार्यालय पर्सा, हिमालयन क्याटार्याक्ट तथा तिलगंगा आँखा अस्पताल र बहुदरमाई युवा समाजको आयोजनामा शिविर सम्पन्न भएको हो ।

वीरगन्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा आयाेजित शिविरको उद्घाटन गर्दै नेपाली कांग्रेसका युवा नेता राकेश यादवले शिविरको आयोजना गरी ग्रामिण क्षेत्रका नागरिकको निशुल्क आँखा जाँच गर्नुका साथै मोतियाबिन्दुको उपचार गर्ने अभियान सुरु गरिएको बताए । नगरपालिकाका ९ वटै वडामा शिविर राखेर मोतियाबिन्दु देखिएकाहरुको निशुल्क उपचार गरी यस वर्षभित्र   बहुदरमाईलाई मोतियाबिन्दु मुक्त बनाउन आफुहरु लागि परेको पनि उनले बताए ।

शिविरमा १ सय २८ जनाको आँखा जाँच गरिएकोमा ५३ जनामा मोतियाबिन्दुको समस्या देखिएको शिविरमा खटिएका आँखा अस्पतालका मेडिकल अधिकृत महेस सि०ह धामीले जानकारी दिए ।
शिविरमा फेला परेका मोतियाबिन्दुका विरामीलाई आइतबार वीरगन्ज सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यकृया गर्ने व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए ।

शिविरमा युवा समाजका अध्यक्ष कृष्ण कुश्वाहा, सचिव सुवास प्रजापति, कोषाध्यक्ष राकेश तिवारी लगायतकोपनि उपस्थिति रहेको थियो ।

Related posts

फेरियो वीरगन्जकाे मुहार

MadhesKhabar

कसैकाे दबाबमा नपरि काम गर्न वडासचिवहरुलाई उपमेयर आलमकाे निर्देशन

MadhesKhabar

वीरगन्जमा एक किशाेरीमाथि छुरा प्रहार

MadhesKhabar

Leave a Comment