Madhes Khabar
राजनीति

टीआरसी विधेयक पूर्णरुपमा पीडितमैत्री छ : कानुनमन्त्री चौरसिया

काठमाडौं,१३भदौंःकानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसदले पास गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टीआरसी विधेयक) पूर्णरुपमा पीडितमैत्री भएकोले सबैले विश्वास गर्न आग्रह गरेका छन् ।बिहीबार काठमाडौँमा बलपूर्वक बेपत्ता पारिएकाहरूको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौरसियाले टीआरसी विधेयक पीडितमैत्री भएको बताएका हुन् ।

कानुनमन्त्री चौरसियाले संशोधित कानुनले मानवता विरुद्धको जुनसुकै अपराधमा पीडितको सहमति बेगर केही हुन नसक्ने व्यवस्था गरेकोले ढुक्क भएर आयोगलाई काम गर्न दिनुपर्ने बताए । कानुनले पीडितको सहमतिलाई महत्त्व दिएकाले सत्यको अन्वेषण हुने, परिपूरण वा सजाय वा मेलमिलाप जे पनि हुनसक्ने व्यवस्था गरेको उनले स्पष्ट पारे ।

कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले संशोधित विधेयकअनुसार बन्ने कानुनले सत्यको अन्वेषण गर्न बढी महत्त्व दिएकोले आयोग बनाउन ढिलो गर्न नहुने बताए । सत्यको अन्वेषण भएपछि मात्र थप प्रक्रिया अगाडि बढ्ने भएकोले सबैले सघाउन उनले आग्रह गरे ।

 

Related posts

बारामा नेविसंघको समानान्तर समिति गठन

MadhesKhabar

देउवा पक्षले गगन–विश्वप्रकाशलाई गर्‍यो कारबाही : कांग्रेसबाट ५ वर्षका लागि निष्काशन

MadhesKhabar

उपराष्ट्रपति उम्मेदवार रामसहाय विरुद्ध एमालेले दियाे उजुरी

MadhesKhabar

Leave a Comment