Madhes Khabar
धर्म/संस्कृति

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा वीरगन्जमा श्रीमद् भागवत् कथा तथा कृष्ण लीला प्रदर्शन

वीरगन्ज,१०भदौंःश्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा वीरगन्जमा सोमबार श्रीमद् भागवत् कथा वाचन तथा कृष्ण लीला प्रदर्शन गरिएको छ ।आदर्शनगरस्थित टिबडेवाल धर्मशालामा माहील अग्रवाल परिवारको आयोजनामा श्रीमद् भागवत् कथा प्रवचन तथा कृष्ण लीला प्रदर्शन गरिएको हो ।

भारतको राजस्थानबाट आएका कलाकारहरुले झाँकी सहितको कृष्ण लीला प्रस्तुत गरेका थिए ।कृष्ण लीलामा माहिल परिवारका छोरा र बुहरीले रुक्मिणी र कृष्णको भूमिका खेलेका थिए ।पर्सा, बाराका साथै छिमेकी मुलुक भारतका समेत भक्तजनहरुको सहभागीता रहेको उक्त कार्यक्रममा भारतको प्रसिद्ध कथा वाचिका विष्णुप्रियाले श्रीमद् भागवत् कथा वाचन गरेकी थिइन् ।

श्रीकृष्ण जन्माष्टमी पर्वकै अवसरमा सोमबार वीरगन्जकै घडिअर्वा पोखरी स्थित प्रसिद्ध गीता मन्दिरमा मेला लागेको थियो ।

 

Related posts

पर्साको प्रसौनीभाठामा अहमदिया संघको बार्षिक जलसा सालाना सम्पन्न

MadhesKhabar

रोहिंग्यालाइ देश निकालाको माग गर्दै वीरगन्जमा हिन्दुवादीहरुको प्रदर्शन

MadhesKhabar

जानकी मन्दिरमा रहेकाे मुख्यमन्त्री यादवकाे पाेस्टर र ब्यानर युवाहरुले च्यातेर हटाए

MadhesKhabar

Leave a Comment