Madhes Khabar
धर्म/संस्कृति

रोहिंग्यालाइ देश निकालाको माग गर्दै वीरगन्जमा हिन्दुवादीहरुको प्रदर्शन

मधेसखबर
वीरगन्ज,१९असार : रोहिंग्या मुस्लिमलाई नेपालबाट निकाल्नु पर्ने मा गर्दै वीरगन्जमा आइतबार हिन्दुवादी संगठनहरुले प्रदर्शन

गरेका छन् ।
प्रदर्शनका क्रममा उनिहरुले मधेस प्रदेशका मुख्यमन्त्री र मुस्लिम आयोगका अध्यक्षको पुतला दहन पनि गरेका छन् ।
शरणार्थीको रुपमा म्यानमार, बांग्लादेश, भारत र पाकिस्तानबाट आएका रोहिंग्या मुस्लिमलाइ नेपालबाट निकाल्न माग गर्दै विश्व हिन्दु परिषद नेपालले प्रदर्शन गरेको हो ।रोहिंग्याहरुलाइ नेपालमा मुख्यमन्त्री लालबाबु राउत गद्दी र आयोगका अध्यक्ष समिम अंसारीले संरक्षण गरेको आरोप हिन्दुवादीहरुको छ ।

पुत्ला दहन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गर्दा प्रहरी र प्रदर्शनकारी बिच केहि बेर घम्साघम्सी समेत भएको थियो ।
प्रदर्शनमा सहभागीहरुले रोहिंग्या मुस्लिमलाई देश निकाला गर, रोहिंग्यालाई नेपाल प्रवेश गराउँनेलाई कारवाही गर, मुस्लिम आयोग खारेज गर लगायतको नारा पनि लगाएका थिए ।

माईस्थान मन्दिर प्राङ्गणबाट निकालिएको विरोध जुलुस, महावीरचोक, आर्दशनगर, अलखियामठ, विर्ता, गणेशमान चोक हुदै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै विश्व हन्दिु परिषदका अध्यक्ष बृजेश मल्लिकले रोहिंगिया देशको लागि खतरा रहेको भन्दै देश आफूहरुको माँगलाई राज्यले वेवास्था गरे देशभरी नै कडा आन्दोलन गर्ने चेतावनी समेत उनले दिए ।

Related posts

पशुबलीको बहानामा विश्वप्रसीद्ध गढीमाई मेला बिथोल्न लागेकाहरुलाई कारबाही गर्न माग

MadhesKhabar

हिन्दु युवककाे हत्याप्रति मुस्लिम समाज पर्साकाे निन्दा,नेपालमा धार्मिक सद्भाव बिगार्नेमाथि निगरानी गर्न माग

MadhesKhabar

तराई मधेसमा आज खिंचडी पर्व मनाइदैं

MadhesKhabar

Leave a Comment