जनकपुरधाम,३०साउन: धनुषाकाे जनकपुरधामका युवाहरुले जानकी मन्दिरको प्राङ्गणमा रहेको मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको पोस्टर र ब्यानरहरु चणयातेर हटाएका छन् ।
मास नामक संस्थामा आबद्ध युवाहरुले जानकी मन्दिरकाे सौन्दर्यीकरण बिगारेकाे भन्दै मन्दिर प्राङ्गणमा राखिएका मुख्यमन्त्री यादवकाे फाेटाेसहितका पोस्टर र ब्यानरहरु च्यातेर हटाएका हुन् ।
मन्दिर प्राङ्गणमा राखिएका मुख्यमन्त्री यादव र अन्य व्यावसायिक विज्ञापनका पोस्टरहरु पनि हटाइएकाे मासका संयाेजक सराेज मिश्रले बताए एको थियो ।सार्वजनिक महत्त्व, पर्यटन प्रवर्द्धन र जानकी मन्दिरको महत्त्व भन्दा मुख्यमन्त्रीको तस्बिरलाई तामझाम गरी राखिएकोले ब्यानर हटाइएको मिश्रले बताए । जानकी मन्दिरभन्दा ठूलो कोही पनि हुन नसक्ने भन्दै ब्यानर हटाइएको उनको तर्क छ ।
सरोकारवाला निकायहरू लगायत मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारी, मेयर लगायतको ध्यानाकर्षण गराउँदा पनि नहटाएपछि बाध्य भएर आफूहरूले पाेस्टर र ब्यानरहरु हटाएको मिश्रले प्रतिक्रिया दिए । उनकै समूहले केही दिन अगाडि मन्दिर प्राङ्गणमा रोपिएको तरकारी पनि उखेलेर फ्याँक्दिएको थियो ।

