Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

मधेस : महादेव मन्दिरको शिवलिङ्ग भत्काइएपछि स्थानीयबासी आन्दोलित

धनुषा,६मंसिरःमहोत्तरीको पिपरामा अज्ञात समूहले मन्दिरको शिवलिङ्ग भत्काइदिएपछि स्थानीयहरू आन्दोलित बनेका छन् । जनकपुर–जलेश्वर सडक खण्ड अन्तर्गत पिपरा गाउँपालिका–३ शिव चोकस्थित रहेको पिपरेस्वरनाथ महादेव मन्दिरमा रहेको शिवलिङ्ग गए राति अज्ञात समूहले भत्काइदिएपछि स्थानीय आन्दोलित बनेका हुन् ।

प्रहरीले अहिलेसम्म घटनामा संलग्नहरू पक्राउ गर्न चासो नदेखाएको भन्दै स्थानीयले टायर बालेर जलेश्वर–जनकपुर सडक खण्ड अवरुद्ध पारेका थिए । उनीहरूले हिन्दु राज्य कायम गर, दोषीलाई कारबाही गर, जय श्री राम लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् ।

आनदोलनमा उत्रिएका स्थानीयहरूलाई सम्झाइ बुझाइ अवरुद्ध सडक खुलाएको महोत्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । घटनाको विषयमा प्रहरीले अनुसन्धान अगाडी बढाएको उनले बताए । ‘शिवलिङ्ग भत्काउने कार्यमा संलग्नहरूको पहिचान गर्न प्रहरी सक्रियतापूर्वक लागेको छ । दोषीलाई कारबाही हुन्छ,’ प्रहरी नायव उपरीक्षक जैसवारले भने ।

स्थानीयहरुले घटनामा संलग्न समूहलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै तीन घन्टा जलेश्वर–जनकपुर सडकखण्ड अवरुद्ध पारेका थिए । अहिले त्यहाँको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक जैसवारले बताए ।साभारः अन्नपूर्णपोष्ट

 

Related posts

वेस्ट इन्डिजसंग हुने सिरिजका लागि नेपाली टोली घोषणा,वीरगन्जका आसिफ र आरिफ पनि परे टिममा

MadhesKhabar

मधेसमा मन्त्रीपरिषद विस्तार, पर्साका कलवार बने उर्जा मन्त्री

MadhesKhabar

विरासत जोगाउने मात्र होइन नयाँ इतिहास रच्दै प्रदीप यादव

MadhesKhabar

Leave a Comment