Madhes Khabar
अन्तर्राष्ट्रिय

पाकिस्तानमा गोली हानेर २२ जनाको हत्या

काठमाडौं,१०भदौं :पाकिस्तानमा बन्दुकधारीहरूले सवारी साधनबाट जबर्जस्ती बाहिर निकालेर कम्तिमा २२ जनाको हत्या गरेका छन् ।

बलुचिस्तान प्रान्तको एक राजमार्गमा रातभर आक्रमण भएको थियो । साम्प्रदायिक, जातीय र पृथकतावादी आन्दोलन गरिरहेका हतियारधारीहरूले सवारीसाधनमा आगजनी गरेका थिए । पञ्जावबाट आएकाहरूलाई गोली हानिएको थियो ।

बलुच लिबरेशन आर्मी (बीएलए) नामको आतंकवादी समूहले मुसाखेल जिल्लामा भएको आक्रमणको जिम्मेवारी लिएको बीबीसीले उल्लेख गरेको छ ।

’आतंककारीहरूको संख्या ३० देखि ४० को बीचमा थियो। उनीहरूले २२ वटा गाडी रोके,’ एक वरिष्ठ स्थानीय अधिकारी नजिबुल्लाह काकरले एएफपीलाई भनेका छन्,’पञ्जाव जाने सवारी साधनहरूको निरीक्षण गरे र पञ्जावका व्यक्तिहरूलाई पहिचान गरी गोली हाने ।’

प्रधानमन्त्री सेहबाज सरिफले विज्ञप्ति जारी गर्दै ’आतंकवादी हमलाप्रति गहिरो शोक र निन्दा’ गरेका छन् ।बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो तर यो सबैभन्दा कम विकसित छ।

बीएलए र अन्य बलुच पृथकतावादीहरूले यस क्षेत्रमा काम गर्ने पञ्जाव र सिन्द्धिहरूमाथि आक्रमणहरू तीव्र बनाएका छन्। उनीहरूले नाफा बाँडफाँड नगरी यस क्षेत्रको शोषण गरेको आरोप लगाउँदै विदेशी ऊर्जा कम्पनीहरूलाई पनि निशाना बनाएका छन्।

गत अप्रिलमा बलुचिस्तानमै ९ जना यात्रुहरूलाई बसबाट उताररे परिचय पत्र जाँच गरेपछि गोली हानी मारिएको थियो ।साभार : ईकान्तिपुरबाट

Related posts

हरिद्वारको मनसा देवी मन्दिरमा भएको भागदौडमा ६ जनाको मृत्यु

MadhesKhabar

टर्की भूकम्प : ज्यान गुमाउनेको संख्या ९ हजार नाघ्यो

MadhesKhabar

कांग्रेस छाडेर हार्दिक पटेल भाजपामा

MadhesKhabar

Leave a Comment