Madhes Khabar
अन्तर्राष्ट्रिय

सिम्लामा पहिरोले मन्दिर पुरिदाँ ९ को मृत्यु, पहिरोमा अझै २५ जना पुरिएको आशंका

तस्बिर : पीटीआई

काठमाडौं, २९ साउन : भारतको हिमाञ्चल प्रदेशको सिम्लामा भारी वर्षासँगै पहिरो जाँदा त्यहाँको प्राचिन शीवमन्दिर भत्किएर ९ जनाको मृत्यु भएको छ । भत्किएको मन्दिरको संरचनाभित्र अरु कम्तीमा २१ जना मानिस पुरिएको बताइएको छ ।घटनास्थलमा अहिले ठूलो संख्यामा उद्धार टोली खटाइएको छ ।

हिमाचल प्रदेशमा पछिल्लो केही दिनयता भारी वर्षा हुँदा विभिन्न स्थानमा बाढीपहिरो गएको छ । बीबीसीको समाचार अनुसार पछिल्लो २४ घन्टाको अवधिमा बाढीपहिरोमा परी त्यहाँ २९ जनाको मृत्यु भइसकेको छ ।

मन्दिर भत्किएको स्थानमा अवलोकनका लागि पुगेका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले घटनास्थलमा २० देखि २५ जना मानिस पुरिएको हुनसक्ने बताएका छन् । पर्यटकीय सहर सिम्लाको दृश्यावलोकन गर्न र चिसो मौसमको आनन्द लिन हरेक वर्ष हजारौं मानिस घुमघामका लागि जाने गर्छन् ।

केही दिनयता वर्षा र बाढीका कारण बगाउँदै गरेका गाडी र भवनहरूको भिडियो फुटेज सामाजिक सञ्जालमा समेत भाइरल बनेका छन् । मुख्यमन्त्री सुखुले बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित रुपमा घरभित्रै सतर्क भएर बस्न आह्वान गरेका छन् ।बिबिसी

Related posts

वायु प्रदुषण बढ्दै गएपछि भारतकाे दिल्लीमा थप एक हप्ता विद्यालय बन्द

MadhesKhabar

फ्रान्सको प्रधानमन्त्रीमा ३४ वर्षका गेब्रियल नियुक्त

MadhesKhabar

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

Leave a Comment