Madhes Khabar
स्थानिय

परवानीपुर गाँउपालिकाले नियुक्त गरेका गाँउ प्रहरीहरुले सशस्त्र प्रहरीबाट लिए तालिम

बारा,९ भदौं :बाराको परवानीपुर गाँउपालिकाले नियुक्त गरेका गाँउ प्रहरीहरुका लागि सञ्चालित आधारभूत ३५ दिने तालिम आइतबार सम्पन्न भएको छ ।

गाँउपालिकाले नियुक्त गरेका ३ महिला र ११ पुरुष गरी १४ जना गाँउ प्रहरीका लागि बाराको पिलुवास्थित सशस्त्र प्रहरी बल नेपाल ४० नम्बर रिजर्भ गण हेड क्वार्टरमा गत साउन ६ गतेदेखि आइतबारसम्म गरी ३५ दिने आधारभूत तालिम आयोजना गरिएको थियो ।

उक्त तालिमको अन्तिम दिन आइतबार आयोजित समापन कार्यक्रममा गाँउपालिका अध्यक्ष राम क्षेत्री कुर्मी , उपाध्यक्ष सुगान्धी देवीले फूली र प्रमाणपत्र वितरण गरेका थिए । त्यसअवसरमा सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्री,समाजसेवी मोबिन आलम, उमेश गुप्ता, गाँउपालिकाको जिन्सी शाखा प्रमुख अअजय कुशवाहा,योजना शाखा प्रमुख रुपेश मण्डल, सशस्त्र प्रहरी निरीक्षक सुभाष भट्टराई, प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक डम्बर केसी लगायतकोपनि उपस्थिती थिथयो ।

तालिम लिएका गाँउ प्रहरीहरुले मंगलबार पदको शपथ लिने र त्यहि दिनदेखि गाँउपालिकाले खटाएको क्षेत्रमा जिम्मेवारी सम्हाल्ने गाँउपालिका उपाध्यक्ष सुगान्धी देवीले जानकारी दिइन् ।

Related posts

सरिसवाकाे बाढी राति अचानक वीरगन्ज-१० का वस्तीहरुमा पसेपछि वडाध्यक्ष कानुले भेटे प्रभावितहरुलाई(फाेटाे फिचर)

MadhesKhabar

पूर्व युवराज हृदयेन्द्रको जन्मदिन वीरगन्जमा पनि मनाइयो

MadhesKhabar

जगरनाथपुर गाँउपालिकाको बजेट ४५ करोड : पूर्वाधार,शिक्षा,स्वास्थ्य र कृषिलाई प्राथमिकता

MadhesKhabar

Leave a Comment