Madhes Khabar
स्थानिय

सखीखबर डट कम अनलाईन पत्रिकाको विमोचन

एक कार्यक्रमका बीच सखीखबर डट कम अनलाइन पत्रिका सोमबार विमोचन गरिएको छ ।

बाराको फेटा गाउँपालिका स्थित सखी महिलाको साथी संस्थाको परिसरमा सखीखबर डट कमको विमोचन गरिएको हो ।
सो कार्यक्रममा प्रमुख अथिति नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछानेले ल्यापटपमा इन्टर बटम थिची उक्त अनलाइन पत्रिकाको बिमोचन गरेका हुन् ।

सखी महिलाको साथी संस्थाद्वारा सखीखबर डट कम अनलाइन पत्रिका प्रकाशनमा आएको हो ।

बिमोचन कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य लामिछानेले पत्रकारिता राष्ट्रको चौथो अंग रहेको तथा पत्रकार व्यतिmगत लाभको लागि नभई सदैव सम्पुर्ण समाजको लागि समर्पित हुनुपर्नेमा जोड दिए ।

उनले भने , “हामी राज्यको चौथोको अंग हो तर राज्यको दाना पानी नखाई समाजको लागि न्यायको पक्षमा लाग्छौाँ । एउटा डाक्टरले एउटा मान्छे उपचारको क्रममा मार्यो भने एउटा परिवार र आफन्तलाई पिडा हुन्छ तर हामीले समाचार विगार्यो भने समग्र समाजलाई नै असर गर्छ । त्यसैले पिडामा परेकोलाई न्याय दिलाउने , आवाजविहीनको आवाज बनिदिने र समाजका सरोकार राख्ने विषयवस्तु उठान गरी सकारात्मक पहलको लागि बाटो खोलिदिने भुमीका हाम्रो हो । ”

उनले सत्यतथ्य समाचार सम्प्रेषण गर्न जोड दिएका थिए ।

महिलाद्वारा संचालित संस्था र अनलाईन पत्रिकाले खासगरी महिलाको सवाल , पिछडीएका , सिमान्तकृत , दलित समुदायका महिला र मानिसहरुका लागि विशेष भूमिका निर्वाह गर्नेमा कार्यक्रमका अन्य वक्ताहरुले विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा अन्य वक्ताहरुले भने अनलाईन पत्रिकाको लागि आवश्यक पर्ने सक्दो सहयोग आफुहरुबाट गर्ने प्रतिबद्धता जनाउँदै आम पाठक र समाजको लागी सत्यतथ्य समाचार सम्प्रेषण गरेर जिम्मेवार पत्रकारको कर्तव्य निर्वाह गर्न पनि जोड दिए ।

सखीखबर डट कम अनलाइनकी उपाध्यक्ष रेनु कुमारी कुश्वाहाको अध्यक्षतामा भएको कार्यक्रममा प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जयसवाल , वरीष्ठ पत्रकार उमेश दुवे , फेटा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष आयुब अंसारी , फेटा वडा नम्बर २ का वडा अध्यक्ष नरेश प्रसाद , वडा नम्बर १ का पुर्व वडा अध्यक्ष जयप्रकाश दास,माओवादी केन्द्रका जिल्ला अध्यक्ष मुकेश साह , जनमत पार्टिकका केन्द्रिय सदस्य तथा वनपैदावार समितिका बारा अध्यक्ष सुरेश साह , विवेकशिल साझा पार्टिका जिल्ला अध्यक्ष डा.शुसिल साह , युवा संघका बारा जिल्ला अध्यक्ष सदाम अंसारी , रेडीयो बाराका संचालक रमेश साह , जिल्ला फुटबल रेफ्री संघका अध्यक्ष रियाजुल ईस्लाम , स्थानीय शिक्षक निपु गुप्ता , नविनतम कृषि सहकारी संस्थाका उदय ठाकुर , उक्त सहकारी संस्थाकै दिपेन्द्र गुप्ता , कृषि तथा पशुपंक्षी शाखा फेटाका संजय कुश्वाहा , उक्त संस्थाकै टंकेश महतो , रजवटीया टोल सुधार समितिका अध्यक्ष शेषनाथ यादव , अकवनिया टोल सुधार समितिका अध्यक्ष छोटेलाला कुश्वाहा , भलुही टोल सुधार समितिका अध्यक्ष प्रेम साह , श्री गढीमाई साझेदारी वन व्यवस्थापन समिति पथलैया बाराका अध्यक्ष रामएकवाल साह,महिला तथा बालबालिका शाखा फेटाकी पुनम साह , केन्द्रिय निर्णायक समिति कबडी संघका संदिप गुप्ता लगायत शिक्षक,समाजसेवी,सन्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

सखी महिलाको संस्थाकी सदस्य पुजा कुश्वाहाले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् भने कार्यक्रममा सहजिकरण सखी संस्थाका कार्यक्रम संयोजक राजेश कुशवाहाले गरेका थिए । कार्यक्रम संचालन पत्रकार माधुरी महतोले गरेकी थिईन् ।

Related posts

बाराकाे इँट्टा उद्योगबाट ३४ भारतीयकाे उद्दार

MadhesKhabar

पटेर्वा सुगौली गाँउपालिकाको प्रशासनिक भवनको काम बजेट अभावले प्रभावित

MadhesKhabar

पर्सा : पालिकाको पशु कार्यालय सञ्चालित भवन प्रहरीले डोजर लगाएर भत्काई दियो

MadhesKhabar

Leave a Comment