Madhes Khabar
समाज

वीरगन्जमा आयोजित कार्यक्रममा १०८ जनाले गरे रगत दान

वीरगन्ज,३०साउनःवीरगन्जमा बुधबार नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघले आयोजना गरेको रक्तदान कार्यक्रममा १०८ जनाले रगत दान गरेका छन् ।

संघको ५५ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा २० जना महिला र ८८ जना पुरुष गरी १०८ जनाले रगतदान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक धिरेन्द्र झाले जानकारी दिए ।यसअघि गत वर्षपनि संघको स्थापना दिवसमा आयोजित रक्तदान कार्यक्रममा १०५ जनाले रगतदान गरेका थिए ।

बुधबार वीरगन्जस्थित कलवार अतिथी सदनमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए । ५५ औं स्थापना दिवसकै अवसरमा संघको वीरगन्ज ईकाइले आफनो पहिलो अनलाइन वेभसाइटपनि विमोचन गरेको छ ।

संघका अध्यक्ष राम गोसाईको अध्यक्षता तथा मेयर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डाक्टर मनोज गुप्ता,संघका केन्द्रिय उपाध्यक्ष मनोज साह,डा.नेहा पटेल,शिवाजी यादव,राजकुमार चौधरी,रमेश गिरी,अमित कर्ण,सागर गुप्ता,अजित कुशवाहा,चन्द्रशेखर पन्जियार, नितेश पटेल, विकास कुशवाहा, सुनिल भगत माली,धर्मेन्द्र कुशवाहा,अनुराग गुप्ता लगायतकोपनि सहभागीता थियो ।

 

Related posts

वीरगन्जमा प्राइम बैंकको कार्यक्रममा १० महिलासहित ७६ जनाले गरे रक्तदान

MadhesKhabar

सामाजिक अभियन्ताको पहलमा दलित बालिकालाई ह्वील चेयर सहयोग

MadhesKhabar

गरिब र जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति दिन चित्रगुप्त समिति वीरगन्जलाई ५ लाख सहयाेग

MadhesKhabar

Leave a Comment