Madhes Khabar
राष्ट्रिय

साैर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका ३ जनाकाे मृत्युु

काठमाडौं,९साउन:त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएकाे सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको । सौर्य एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा ,उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मा गरी एकै परिवारका तीन जनाको मृत्युु भएको हो । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् ।

प्राविधिक मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर घुम्न पोखरा लग्दै थिए । प्रिजा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् ।

बुधबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको सुर्य एयरलाइन्सको जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले उल्लेख गरेको छ ।

प्राधिकरणका अनुसार सीआरजे ७ (रजिस्ट्रेसन–९एनएएमई) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो । दुर्घटनापछि जहाजमा आगो लागेको र त्यस क्रममा १८ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । यस्तै जिवितै उद्धार गरिएका विमानका पाइलट मनिषरत्न शाक्यको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेकाे छ ।

Related posts

जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयाे भूकम्प

MadhesKhabar

उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने सरकारको घोषणा

MadhesKhabar

काठमाडौंमा डिएसपी हुँ भन्दै मधेसी युवालाई दुर्व्यवहार गर्ने श्रेष्ठ पक्राउ

MadhesKhabar

Leave a Comment