Madhes Khabar
स्थानिय हेडलाइन

जगरनाथपुर गाँउपालिकाले अतिक्रमणमुक्त गराएको जग्गामा रोपियो ७ हजार बिरुवा

वीरगन्ज,८साउनःपर्साको जगरनाथपुर गाँउपालिकाले अतिक्रमणमुक्त गराई खाली गराएको करिब १५ बिघा ऐलानी जग्गामा ७ हजार बिरुवा रोपिएको छ ।

नेपालका प्रथम जनर्विाचित प्रधानमन्त्री स्वर्गीय विश्वेसर प्रसाद कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा जगरनाथपुर गाँउपालिका वडा नम्बर २ दशौतास्थित रैनीझैनी मठ नजिकको ऐलानी जग्गामा मंगलबार विभिन्न प्रजाातिका ७ हजार वटा बिरुवा रोपिएको कांग्रेसका क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए ।

दशौताको रैनीझैनी मठ नजिकैको करिब १५ बिघा ऐलानी जग्गा स्थानिय केहि व्याक्तिले वर्षौदेखि अतिक्रमण गरी खेतीपाती गर्दै आएकोमा जगरनाथपुर गाँउपालिकाले गाँउपालिका अध्यक्ष श्रीकान्त यादवको निर्देशनमा गत जेष्ठ दोश्रो साता उक्त जग्गा अतिक्रमण मुक्त बनाई किलाकाटी गाडेर घेराबार गरिएको थियो ।

त्यहि जग्गामा मंगलबार गाँउपालिकाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा साल , सीसौं , सपेता, अमला,जामुन ,आँप लगायतका प्रजातिका विरुवाहरु रोपिएको कांग्रेस क्षेत्रीय सचिव अहमदले बताए । वृक्षा रोपण कार्यक्रमको शुभारम्भ पूर्व उद्योगमन्त्री तथा कांग्रेस केन्द्रिय सदस्य रमेश रिजालले गरेका थिए ।

गाँउपालिका अध्यक्ष यादवको अध्यक्षता तथा पूवर्वमन्त्री रिजालको प्रमुख आतिथ्यतामा भएको वृक्षा रोपण कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी ,प्रवक्ता रमेश पाण्डे ,सहसचिव नवीन सिंह ,डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिल कर्ण, कांग्रेस नेताहरु .रामदेव चौहान,रामेश्वर महतो,सहरुम गद्दी , गाँउपालिका उपाध्यक्ष बबिता सिंह क्षेत्री,प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन राय लगायतकोपनि सहभागीता थियो ।

 

 

Related posts

मिडियामा आएको मत सर्वेक्षण प्रायोजित र हावादारी हो : उपेन्द्र यादव

MadhesKhabar

वीरगन्जकाे घडीअर्वा पाेखरी छठघाटमा चैती छठकाे राैनक (फाेटाे फिचर)

MadhesKhabar

दिपावलीका लागि अहिलेदेखि नै मधेसका नाकाबाट पटकाको तस्करी सुरु

MadhesKhabar

Leave a Comment