Madhes Khabar
स्थानिय

पर्साकाे बलुवामा नवनिर्मित प्रवेशद्वार र मदर्शा भवनकाे पूर्वमन्त्री रिजालले गरे उद्घाटन

वीरगन्ज,७साउन:पर्साकाे जिराभवानी गाँउपालिका वडा नम्बर १ बलुवा भंगहा नाकामा नवनिर्मित प्रवेशद्वार र बलुवामै नवनिर्मित मदर्शा भवनकाे पूर्व उद्योगमन्त्री रमेश रिजालले उद्घाटन गरेका छन्।

साेमबार कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका रिजालले नेपाल-भारत मैत्री प्रवेशद्वार र मदर्शा ताैहिदुल इस्लाम भवनकाे उद्घाटन गरेका हुन्।

बलुवा भंगहा नाकामा ५ लाख रुपैयाँको लागतमा नेपाल-भारत मैत्री प्रवेशद्वार र बलुवामा ५० लाख रुपैयाँको लागतमा मदर्शा ताैहिदुल इस्लाम भवन निर्माण गरिएको हाे।

गाँउपालिका अध्यक्ष अनाेज चाैधरीकाे अध्यक्षता तथा पूर्वमन्त्री रिजालकाे प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी,कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, जिल्ला सह-सचीव नवीन सिंह,जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव,कांग्रेस नेता प्रेम थापा,सहरुम गद्दी,सन्तोष चौरसिया,इमरान आलम,विनय द्विबेदी लगायतको सहभागीता रहेको थियो। कार्यक्रमको सन्चालन जिराभवानी गाँउपालिकाका कार्यपालिका सदस्य सरोज चौरसियाले गरेका थिए ।

Related posts

वीरगन्जको प्रहरी कार्यालयमा रास्वपा सभापति रविका समर्थक र प्रहरीबीच घम्साघम्सी

MadhesKhabar

पाेखरियामा चितुवाकाे आतंक : एक प्रहरी सहित ३ जना घाइते

MadhesKhabar

वीरगन्ज महानगरको बजेट बढ्यो : पर्यटन,शिक्षा र स्वास्थ्य मूख्य प्राथमिकतामा

MadhesKhabar

Leave a Comment