Madhes Khabar
हेडलाइन

वरीष्ठ पत्रकार चन्द्रकिशोर र डा.संदुकलाई यस वर्षको कर्मयोगी बद्रीविक्रम थापा स्मृति पुरस्कार प्रदान गरीदै


मधेसखबर

वरीष्ठ पत्रकार एव् स्तम्भकार चन्द्रकिशोरलाई यसवर्षको कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा पुरस्कार प्रदान गरीदैछ ।

कर्मयोगी बद्रीविक्रम थापा स्मृति गुठीले करीब तीन दशकदेखी उहाँकै स्मृतिमा प्रत्येक वर्ष श्रावण ११ गते आफ्नो वार्षिकउत्सवको अवसरमा उतm पुरस्कार प्रदान गर्दै आएको छ ।

आफ्नो सत्कर्मको माध्यमबाट समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका संस्था र व्यतिmलाई गुठीदरा स्थापित पुरस्कार सहित सम्मान हरेक वर्ष प्रदान गर्दै आएकोमा यसपालि पनि यसलाई निरन्तरता दिर्दै यस वर्षको पुरस्कार तथा सम्मान दुई जना व्यतिmत्वले पाउने गुठीका अध्यक्ष प्रा.डा.सुरेश राज शर्माले जनाएकुा छन् ।

वरीष्ठ पत्रकार एव् स्तम्भकार चन्द्रकिशोर र डा.संदुक रुईत, जनही २ लाख २२ हजार २ सय २२ रुपैया नगद सहित पुरस्कृत तथा सम्मानित हुने गुठीकी उपाध्यक्ष रमा शर्माले जनाएकी छन् ।

गत असार २१ ग्ते भएको गुठीको निर्णय अनुसार आफ्नो नियमित स्तम्भलेखनका साथै पत्रपत्रिकाहरुमा लेखको माध्यमबाट देशको विभिन्न सान्दर्भिक समस्याहरुलाई उठाई विश्लेषणात्मक रुपमा व्यतm गरेको विचार सहरणीय हुनुका साथै विशेषगरी मधेश प्रदेशका जिल्लाहरुको स्वास्थ्य , शिक्षा , जातिय विभेद , छुवाछुत र विकास निर्माणका क्षेत्रमा भएको त्रुटिहरुलाई औल्याउँदै आलोचनात्मक विश्लेषण र सुझाव सहितको सन्तुलित प्रस्तुती तथा राष्ट्रिय आत्मसम्मानको भावना अभिवृद्धि गर्दै समग्र मधेश पहाड हिमाल लगायतका क्षेत्रमा बसोबास गर्ने आम नेपालिहरुको भाषा , संस्कृती साहित्य लगायतका विषयमा पनि आफ्नो लेखनमार्फत उजिल्याउने प्रयास गर्दै आएको कुरा स्वागयोग्य रहेकोले वरीष्ठ पत्रकार चन्द्रकिशोरलाई पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरीएको भनि उल्लेख गरीएको छ ।

उतm पुरस्कार यही श्रावण ११ गते दिउसो ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौ, प्रज्ञा सम प्रेक्षालयको सभाहलमा वितरण गरीने गुठीका कोषध्यक्ष किरण थापाले जनाएका छन् ।

 

Related posts

माइस्थान सडककाे मुद्दा : महानगरको पक्षमा अदालतकाे आदेश

MadhesKhabar

भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा पनि घटाइने

MadhesKhabar

सरकार परिवर्तनसँगै नारायणी अस्पतालमा सेवा पनि परिवर्तन

MadhesKhabar

Leave a Comment