Madhes Khabar
राजनीति हेडलाइन

संघीय सरकारमा पर्साबाट पहिलोपटक एकसाथ तीन जना बने मन्त्री

वीरगन्ज,३१असारःसंघीय सरकारमा पर्सा जिल्लाबाट पहिलोपटक तीन जना मन्त्री बनेका छन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा पर्साबाट तीन जना मन्त्री बनेका हुन् ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादव खानेपानी मन्त्री, पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधीसभा सदस्य राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका हुन् । यादव जसपाका केन्दिद्रय उपमहासचिव, चौरसिया कांग्रेसको केन्द्रिय सदस्य र गुप्ता एमालेका केन्द्रिय सदस्य हुन् ।

यादव अघिको प्रचण्ड सरकारमा छोटो समय स्वास्थ तथा जनसंख्य मन्त्री थिए ।गत बैशाख २३ गते जसपा नेपाल फुटेर जसपा बनेपछि उनी स्वास्थ्यमन्त्री बनेका थिए ।त्यसअघि २०७९ मा उनी चार महिना वन तथा वातावरण मन्त्री बनेका थिए।

यसअघि पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित रमेश रिजाल प्रचण्ड सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेका थिए ।

 

Related posts

बारा २ : उपेन्द्रले बनाए ५ हजार भन्दा बढिको अग्रता

MadhesKhabar

टांगामा भारत तस्करी गर्न लागिएको १४ लाखको भेप वीरगन्ज नाकाबाट बरामद

MadhesKhabar

वीरगन्जमा तिब्र गतिमा चलाइएका दुई मोटरसाइकल आपसमा ठोक्किदा एक युवकको मृत्यु

MadhesKhabar

Leave a Comment