Madhes Khabar
समाचार हेडलाइन

टांगामा भारत तस्करी गर्न लागिएको १४ लाखको भेप वीरगन्ज नाकाबाट बरामद

वीरगन्ज,३१साउन: वीरगन्ज नाका हुँदै भारत तस्करी गर्न लागिएको भेप(विधुतीय चुरोट) सशस्त्र प्रहरीले बरामद गरेको छ। वीरगन्जबाट टांगामा राखेर रक्सौल लैजादै गरिएको करिब १४ लाख रुपैया बराबरको भेप वीरगन्ज भन्सार नाकाबाट सशस्त्र प्रहरीले बरामद गरेको हो।

भन्सार क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको टोलीले रक्सौल जादै गरेको टांगा रोकेर चेकजाँच गर्दा टांगाको सिट मुनि फल्स बटम बनाएर लुकाइएको अवस्थामा ४५० थान भेप बरामद भएको सशस्त्र प्रहरी बल १३ नम्बर गुल्म हेडक्वाटरले जनाएको छ।

बरामद भेप र घोडासहितको टांगा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद भेपको बजार मुल्य १३ लाख ८५ हजार रूपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

Related posts

मधेस खबरकी सम्पादक माधुरी महतो पूर्वराष्ट्रपति विद्या भण्डारीबाट सम्मानित

MadhesKhabar

औद्योगिक करिडोरमा करको दरमा एकरुपता ल्याउने वीरगन्जसहित तीन पालिकाको तयारी

MadhesKhabar

व्यपारीलाई अनाहकमा दुख दिने प्रहरी प्रशासनलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने

MadhesKhabar

Leave a Comment