Madhes Khabar
समाचार हेडलाइन

टांगामा भारत तस्करी गर्न लागिएको १४ लाखको भेप वीरगन्ज नाकाबाट बरामद

वीरगन्ज,३१साउन: वीरगन्ज नाका हुँदै भारत तस्करी गर्न लागिएको भेप(विधुतीय चुरोट) सशस्त्र प्रहरीले बरामद गरेको छ। वीरगन्जबाट टांगामा राखेर रक्सौल लैजादै गरिएको करिब १४ लाख रुपैया बराबरको भेप वीरगन्ज भन्सार नाकाबाट सशस्त्र प्रहरीले बरामद गरेको हो।

भन्सार क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको टोलीले रक्सौल जादै गरेको टांगा रोकेर चेकजाँच गर्दा टांगाको सिट मुनि फल्स बटम बनाएर लुकाइएको अवस्थामा ४५० थान भेप बरामद भएको सशस्त्र प्रहरी बल १३ नम्बर गुल्म हेडक्वाटरले जनाएको छ।

बरामद भेप र घोडासहितको टांगा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद भेपको बजार मुल्य १३ लाख ८५ हजार रूपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

Related posts

वीरगन्ज नाकामा भारतीय एसएसबीले चलायो गोली (अपडेट)

MadhesKhabar

जाजरकाेटमा जिप दुर्घटना हुदा ९ जनाको मृत्यु

MadhesKhabar

भारतमा पर्साका पत्रकार गुप्तासहित मधेसका ५ पत्रकार सम्मानित

MadhesKhabar

Leave a Comment