Madhes Khabar
राजनीति

पर्साबाट कांग्रेसका जनार्दन सिंह क्षेत्री मधेस सरकारको मन्त्री बन्ने पक्का

फाइल तस्बिर ।

वीरगन्ज,२३ असारः पर्साका प्रदेश सभासदस्य तथा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री मधेस प्रदेश सरकारको मन्त्री बन्ने पक्का भएको छ ।

नेपाली कांग्रेसले मधेस प्रदेश सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाएसंगै क्षेत्री मन्त्री बन्ने पक्का भएको हो । क्षेत्रीकै नेतृत्वमा कांग्रेस प्रदेश सरकारमा जाने निर्णय पार्टीले गरेको कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले जानकारी दिए । उनका अनुसार, कांग्रेसले पर्साका क्षेत्री, रौतहटका सुनिल यादव, सर्लाहीका कौशल राय र धनुषाका शेषनरायण यादवलाई मन्त्री बनाउने निर्णाय गरेको हो ।

कांग्रेसलाई अर्थ मन्त्रालय, उर्जा सिचाईँ तथा खानेपानी मन्त्रालय, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउने सहमति भएको छ । ती मध्ये क्षेत्रीले उर्जा सिचाईँ तथा खानेपानी वा उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय मध्ये कुनै एक मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको कुर्मीले बताए ।टेलिफोन संवादमा मधेसखबरसंग कुर्मीले भने,‘ कांग्रेसले पाउने मन्त्राललय र मन्त्रीमा पठाउने नेताहरुको नाम टुंगो लागि सक्यो । पर्साका पार्टी सभापति क्षेत्री ज्यूले उर्जा वा उद्योग मध्ये कुनै एक मन्त्रालयको जिम्मा पाउने सम्भावना छ । यसबारेमा पार्टीमा अहिले छलफल भइरहेको छ।’

क्षेत्री, २०७९ को निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । कुर्मीका अनुसार, कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको शपथ ग्रहण आजै साँझसम्म हुनेछ ।

Related posts

भ्रष्टाचारी मुख्यमन्त्री राउतलाई यसपालि हराउन जरुरी छ : उम्मेदवार सर्राफ

MadhesKhabar

नयाँ सरकारमा बाराबाट एमाले सांसद ज्वाला साह कृषि मन्त्री

MadhesKhabar

मतदातालाई चौरसिया र कुर्मीको अपिल : जनताको पीर मर्का बुझ्ने नेता चुन्नु होला

MadhesKhabar

Leave a Comment