Madhes Khabar
स्थानिय

वीरगन्ज जेलमा करेन्ट लागेर एक कैदीकाे मृत्यु

वीरगन्ज,२२असार:वीरगन्ज कारागारमा बिजुलीकाे करेन्ट लागेर एक कैदीकाे मृत्यु भएको छ।मृत्युु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर घर भएका ३० वर्षीय अनिल महतो नुनिया रहेका छन्।

जवरजस्ती करणी मुद्दामा वीरगन्ज कारागारमा २०७५ सालदेखि सजाय काट्दै आएका उनको शनिबार बिहान कारागारको मेसमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक पुष्कर बोगटीले जानकारी दिए।

मेसमा काम गर्ने समयमा धारामा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर उनकाे मृत्यु भएकाे प्रहरी निरिक्षक बोगटीले बताए।

Related posts

शिकारीवासमा नागरिकताबाट बञ्चितहरुलाई दैलोमै पुगेर सिडिओ अर्यालले दिए नागरिकता

MadhesKhabar

पर्सामा बलात्कार, हत्या लगायत गम्भिर अपराधका घटनाहरु बढ्यो

MadhesKhabar

कालिकामाई गाँउपालिकाकाे अध्यक्ष चढ्ने गाडीको ठक्करबाट दुई जना घाइते

MadhesKhabar

Leave a Comment