Madhes Khabar
स्थानिय

वीरगन्ज जेलमा करेन्ट लागेर एक कैदीकाे मृत्यु

वीरगन्ज,२२असार:वीरगन्ज कारागारमा बिजुलीकाे करेन्ट लागेर एक कैदीकाे मृत्यु भएको छ।मृत्युु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर घर भएका ३० वर्षीय अनिल महतो नुनिया रहेका छन्।

जवरजस्ती करणी मुद्दामा वीरगन्ज कारागारमा २०७५ सालदेखि सजाय काट्दै आएका उनको शनिबार बिहान कारागारको मेसमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक पुष्कर बोगटीले जानकारी दिए।

मेसमा काम गर्ने समयमा धारामा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर उनकाे मृत्यु भएकाे प्रहरी निरिक्षक बोगटीले बताए।

Related posts

धाेनीकाे जन्मदिनमा वीरगन्जका युवाहरुले रिक्सा-ठेला चालकहरुलाई बाँडे गम्छा र पानीकाे बाेत्तल

MadhesKhabar

पर्साको ग्रामीण भेगबाट विद्युत चोरेर प्रयोग गर्ने १२ जना पक्राउ

MadhesKhabar

परवानीपुरमा युवा संघद्वारा “एक युवा, पाँच बिरुवा“ भन्ने नाराका वृक्षारोपण अभियान सुरु

MadhesKhabar

Leave a Comment